रामेछाप। एक महिना अघिसम्म दैनिक ४५ वटासम्म उडान र अवतरण हुने रामेछाप विमानस्थल अहिले सुनसान छ । डिसेम्बर लागेपछि रामेछापमा कुनै उडान भएका छैनन् ।
रामेछापदेखि सोलुको लुक्लाका लागि अक्टोबर र नोभेम्बर महिनामा दैनिक सरदर ४० उडान भएका थिए । लुक्लातर्फ जाने र फर्कने पर्यटकलाई लक्षित गरी रामेछाप विमानस्थलको प्रयोग गरिएको थियो ।
निजी क्षेत्रका बायुयान कम्पनी तारा, सीता र समिट एयरले रामेछापमा जहाज राखेर यात्रुलाई लुक्लासम्म पुर्याएका थिए । लुक्ला लैजाने यात्रुलाई विमान कम्पनी र ट्राभल कम्पनीहरुले काठमाण्डौंदेखि रामेछापसम्म सडक मार्गबाट ल्याउने लाने गरेका थिए ।
४ घण्टाको सडक यात्रापछि जहाजमा लुक्ला जाने फेरि त्यसै गरी फर्किएका थिए । केही यात्रु भने लुक्लाबाट सिधै काठमाडौं गएका थिए ।
रामेछाप विमानस्थलमा नै जहाजलाई रात्रिकालीन पार्किङ राखेर उडान गर्ने गरेका उक्त तीनवटै कम्पनी डिसेम्बर लागेपछि रामेछापबाट फर्केका छन् । ुलुक्लाका लागि सिजन सकियो, जहाज फर्किए,ु रामेछाप विमानस्थल प्रमुख सरिता पाण्डेले बताइन् । पाण्डेका अनुसार अब अर्को सिजन लागेपछि फेरि उडान हुन सक्छ ।
काठमाडौं विमानस्थलमा उडानको चाप अत्यधिक हुने भएकाले जहाजलाई उडान र अवतरणका लागि लामो समय प्रतिक्षामा बस्नुपर्ने कारण सोलुतर्फको उडान गर्न रामेछाप विमानस्थलमा पठाइएको हो । विमानस्थलमा उडान र अवतरणका लागि होल्डमा बस्ने समय केही उडान हुनसक्ने भन्दै रामेछाप विमानस्थल रोजिएको हो । रामेछापबाट उडान गर्दा काठमाडौं भन्दा आधा नै उडान समय कटौती हुने र उडान र अवतरणका लागि प्रतिक्षा गर्नुनपर्ने हुँदा भने जति उडान सहज हुने नेपाल नागरिक उडड्यन प्राधिकरणको निष्कर्ष छ ।
रामेछाप विमानस्थलबाट काठमाडौंका लागि यात्रुवाहक हवाई उडानका लागि स्थानीयले माग गर्दै आए पनि हवाई कम्पनीले उडान तालिका राखेका छैनन् । काठमाडौंको सडक मार्गको दूरी ४ घण्टाको भएकाले यात्रु नपाउने भन्दै कम्पनी उडान राख्न आनाकानी गर्दै आएका छन् । तर स्थानीयले भने सातामा एउटा उडानका लागि पर्याप्त यात्रु पुग्ने भन्दै उडान राख्न दबाब दिँदै आएका छन् । कान्तिपुरबाट