काठमाण्डौं । स्टील बिलेट उत्पादनमा बजेट प्रतिस्थापन विधेयकले प्रयोग हुने कच्चा पदार्थहरु आयातमा लाग्दै आएको भन्सार शुन्यमा झारेपछि हालनै करिब ६ अर्ब लगानी थप हुने देखिएको छ ।
करिब ७५ करोड लगानीमा वर्षको एक लाख टन उत्पादन क्षमता भएको प्लान्ट राख्न सकिन्छ । स्टील उधोगमा करिब ६ अर्ब लगानी थप हुन सक्ने हाल संचालनमा रहेका आठ वटा रोलिङ् मिल्सले बिलेट उत्पादन गर्ने र स्वयंम आफुलाई अपग्रेड गर्दा उक्त लगानी थपिन सक्ने उधोगीहरुले बताएका छन् ।
अहिले संचालन भईरहेका लगभग २४ वटा डन्डी उधोगहरुले धेरैमा १५० मेगावटको विधुत खपत गरिरहेका छन । उधोगीका अनुसार सबै उधोगहरुले बिलेट नै उत्पादन गर्ने हो भने कम्तिमा २०० देखी ३०० मेगावाट विधुत स्टील उधोगहरुले खपत गर्ने छन् । यस्तैकारणले गर्दा सरकारले पछिल्लो समय एउटा निर्णय गरेको छ सो निर्णयले स्टील उधोगहरुको आयामनै चेन्ज हुने देखिएको छ ।
उधोगीहरुका अनुसार बिलेट उत्पादन प्रवद्धनको नीतिले नेपाली उधोगको क्षमतामा बृद्धि हुँदा सरकारको राजस्व बढ्ने देखि लिएर स्थानीय हरुलाई रोजगारीको अवसर सिर्जना हुने , स्टिल उधोगको सबै औधोगीकरणको महत्व राख्ने साथसाथै देशको कुल ग्राहस्थ उत्पादन को विकासमा पनि महत्वपुर्ण भुमिका निर्बाह गर्नेछ । नेपालमा आफ्नै पहिचानमा रहेका फलामका खानीहरु उत्खनन् गरेर विभिन्न् धाउ , आईरन लगाएतका फलामबाट बन्ने सामानहरु उत्पादन गर्न सरकारको हालको नितिले उधोगीहरुलाई हौँसला दिने विश्वास लिएको छ । नेपालमै बिलेट उत्पादन भएमा अर्थतन्त्रमा स्पिल ओभर प्रभाव विद्युत खपतदेखि रोजगारिका सिर्जना हुने भएकाले गर्दा यसको क्षेत्र फराकिले हुने देखिन्छ ।
बिलेटको उत्पादन नेपालमै भएमा विदेशि मा भरपनुपर्ने मात्र नभई बिलेट अथवा डन्डीको गुणस्तर नियन्त्रणमा पनि सुधार हुने उधोगीहरुको भनाई छ । हाल एक दर्जन भन्दा बढी स्टिल उधोगहरुले भारतबाट बिलेट आयात गर्दै आएका छन् ।
साना ठुला गरी बिलेट उत्पादन बाहेकका एक दर्जन भन्दा धेरै अन्य डन्डी उधोगहरु रहेका छन् । उधोगीहरुका अनुसार ती उधोगमध्य बाट लगभग सात , आठ वटा उधोगले मात्र स्पन्ज आईरनलाई पगालेर बिलेट उत्पादन गर्नको लागी भट्टी थप्ने क्षमता भएका छन् । अन्य क्षमताको आधारमा धेरैनै सानो वर्षमा ५ देखि १५ हजार टन मात्र रहेने भएकाले बिलेट उत्पादनका लागी चाहीने र उपयुक्त भट्टी राख्ने क्षमता नभएको उधोगीहरुले बताए ।
उधोगीहरुको भनाई अनुसार स्पन्ज आईरनको आयात गर्दा ५ प्रतिशत भन्सार हुँदा बिलेट आयात गर्ने अनी सोही उत्पादन हुने उधोगबाट उत्पादन डन्डीको मुल्यमा एकदेखी डेढ रुपैयाँको फरक हुने गरेको छ । उधोगीहरुले भने स्पन्ज आइरनको आयातमा सरकारले भन्सार न्युनमा झारेपछि बिलेट नेपालमै उत्पादन गर्ने र उधोगको डन्डी उत्पादन लागत प्रत्यक किलोमा डेढ रुपैयाँले सस्तो हुने छ । यसरी बिलेट आयात गर्ने उधोगहरुलाई भन्दा बिलेट आफैँ उत्पादन गर्ने उधोगहरुलाइ करिब तिन रुपैयाँ पर्ने देखिन्छ ।
बिलेट आयात नगरी बिलेट उत्पादन गर्ने उधोगहरुको वृद्धी हुदा हाल फर्नेस आयलमा भइरकेको खर्च पनि घट्नेछ र केही वर्षको अन्तरालमा डन्डीमा मुल्य प्रतिस्पर्धा बढ्ने भएको कारणलेग गर्दा यसले उपभोग गर्ने उपभोक्ताको मुल्य पनि घटाउने उधोगीहरुले बताए ।