काठमाडौं। उपत्यकाका १५ रुग्ण योजनाका निर्माण व्यवसायीले विभिन्न समयमा सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको बैठकमा उनीहरूले आआफ्नो समस्या सुनाउँदै अब सम्पन्न गर्नसक्ने अवधि बताएका हुन्। ।
पन्ध्र आयोजनामध्ये कतिले माघ, कतिले फागुन त कतिले असारसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।
सो अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठसँगै भौतिक पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ थापा र विभिन्न आयोजनाका प्रमुख र सम्बन्धित निर्माण कम्पनीका तर्फबाट प्रतिनिधि सहभागी भएका थिए।
निर्माण व्यवसायीले आआफ्नो ठेक्कामा रहेको सजिलो र अप्ठ्यारोका बारेमा जानकारी गराएका थिए।
यसरी प्रतिबद्धता जनाउने कम्पनीमा तुदी।प्रेरा जेभी बागडोल ललितपुर, दिवा/शैलुङ जेभी, शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि, आशिष सिएम जयबाबा जेभी, महालक्ष्मी/वल्र्डवाइड भण्डार धोदुङ जेभी, सुनकोशी/प्रजिल जेभी, महर्जन निर्माण सेवा र ड्रागन–महर्जन जेभी रहेका छन् । समय सीमाभित्र सम्पन्न नभएका तर स्थानीय तहले सम्पन्न गरिसकेका आयोजना फरफरक गर्न दुवै पक्षबीच सहमति भएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठले निर्माण व्यवसायी र कर्मचारीका सम्बन्धमा भएका खराब धारणा बदल्न लाग्नुपर्ने बताए । राजनीतिज्ञ, कर्मचारी व्यवसायी सबै मिले राष्ट्र निर्माणमा लाग्नुपर्नेमा उनको जोड थियो ।
उपत्यकाका निम्न आयोजना बनाइसक्न देहायबमोजिम सीमा तोकिएको छ ।
काठमाडौं जिल्लाअन्तर्गतका आयोजनाहरू
१ महांकाल भृकुटीचोक तेन्जीङचोक फैका आनीगुम्वा चपली बूढानीलकण्ठ सडक
निर्माण व्यवसायीः तुदिरप्रेरा जेभी वागडोल, ललितपुर
सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ साल माघ मसान्तसम्म
२. साततले भण्डारी गार्मेन्ट आकाशेधारा बालुवाखानी सडकः
निर्माण व्यवसायीः दिवारशैलङ्ग जेभी
सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ फागुन १५ गतेसम्म
३. आकाशेधारा राममन्दिर, कृष्णमन्दिर सडकः
निर्माण व्यवसायीः शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा।लि।
सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ फागुन १५ गतेसम्म
४. सीतापाइला रामकोट भीमढुङ्गा सडक
निर्माण व्यवसायीः आशिष सिएम जयवावा जेभी
सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ माघ मसान्तसम्म
५. पेप्सिकोला ब्राहखेल सडक
निर्माण व्यवसायीः महालक्ष्मीरवर्डवाईड भण्डार धोदुङ जेभी
सम्पन्न गर्ने प्रतिबद्धताः २०८० असार मसान्तसम्म
६. मित्रपार्क गौरीघाट गुहेश्वरी नयाँवस्ती जोरपाटी सडक निर्माण
निर्माण व्यवसायीः सुनकोशीरप्रजिल जेभी
सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ माघ मसान्तभित्र कालोपत्रे गर्ने
भक्तपुर जिल्लाअन्तर्गतका आयोजनाहरु
१. कमलविनायक बसपार्कदेखि भत्केपाटीको पाटी सडक विस्तार र ड्रेन निर्माण कार्य
निर्माण व्यवसायीः श्री लोहनी एण्ड ब्रदर्शरलालीगुराँस जेभी
२. मनोहरा खोला पुल इन्द्रायणी चाँगुनारायण सडक मनोहरा खोलामा आरसीसी तथा पहुँच सडक निर्माण कार्य
निर्माण व्यवसायीः श्री लामा विल्डर्सरसाल्पा शेर्पारजय बाबा गोरख जेभी
३. हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटी बिहार बहाखा बजार सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायीः श्री सुनौला खिम्ती कन्स्ट्रक्सन
४. लोकन्थली हेल्थपोष्ट रमाइलो चोक चाइल्ड नेचर स्कुलमा सडक विस्तार गर्ने कार्य
निर्माण व्यवसायीः श्री सुनौला खिम्ती कन्स्ट्रक्सन
(यी ४ आयोजनाहरू दुबै पक्ष फरफारक गर्न सहमत भएको)
ललितपुर जिल्लाअन्तर्गतका आयोजनाहरु
१. पेरियोडिक मेन्टेनेन्स अफ रिहाबिलिटेसन एण्ड अपग्रेडिङ वक्र्स एलङ छम्पी टिकाभैरव रोड
निर्माण व्यवसायीः महर्जन निर्माण सेवा
सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ चैत मसान्तभित्र (पुल बाहेक)
२. अपग्रेडिङ वक्र्स एलङ तउखेल चापागाउँ छम्पी डुकुछाप दक्षिणकाली रोड
निर्माण व्यवसायीः ड्रागन–महर्जन जेभी, काठमाडौं ।
सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ चैत्र मसान्तसम्म
३. अपग्रेडिङ एण्ड रिहाबिलिटेसन वक्र्स एलङ लुभू–लाकुरीभञ्ज्याङग्मा–नेदोभान रोड
निर्माण व्यवसायीः पि.एमरमहर्जन जेभी, ललितपुर
सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ चैत्र मसान्तसम्म
४. स्पेसिफिक मेन्टेनेन्स वक्र्स ललितपुर मन.पा. १५, खुमलटार, युलेन्स स्कुल (पुरानो) जाने सडक, ललितपुर
निर्माण व्यवसायीः रानीवन कन्स्ट्रक्सन, काठमाडौं ।
निर्माण सम्पन्न गर्ने प्रतिबद्धताः २०७९ चैत्र मसान्तसम्म ।
५. कन्स्ट्रक्सन अफ आरसिसि ब्रिज ओभर नख्खु खोला
निर्माण व्यवसायीः महर्जन निर्माण सेवा, ललितपुर ।
निर्माण सम्पन्न गर्ने प्रतिबद्धताः २०८० असार मसान्तसम्म ।