काठमाडौं। भोलि बिहीबारबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम बदली भएको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो।
आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु–भागमा हुस्सु।कुहिरो लागेको छ र बांकी भू–भाग सामान्यतया सफा छ ।
महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।
मौषममा आएका खराबीका कारण निर्माण कार्य प्रभावित हुन सक्ने देखिन्छ। लामो समय प्रभावित बनेको निर्माण क्षेत्रले बल्ल गति लिन थालेको समयमा मौषममा आएको खराबीले निर्माण कार्य कतै प्रभावीत हुने त हैन? वैशाख ८ गतेदेखि निर्माण व्यवसायी महासंघले गरेको ‘निर्माण होलिडे’, असार लागेसँगै वर्खाका कारण सुरु भएको अफसिजन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, युक्रने र रुसको युद्दका कारण बढेको निर्माण सामाग्रीको मूल्यवृद्धि, दशैंतिहार, निर्वाचन लगायतबाट प्रभावित बनेको निर्माण क्षेत्रले बल्ल गति लिन थालेको छ।
अस्पताल भवन, विद्यालय भवन, स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माणका काम, जलविद्युत आयोजना निर्माण, सडक निर्माण, मर्मत तथा सुधार लगायतका कामहरु धमाधम हुन थालेका छन्। बल्ल निर्माण क्षेत्र चलायमान भईरहेको अवस्थामा मौषमले साथ नदिदा निर्माण क्षेत्र पुनः सुस्ताउने देखिन्नछ। सधै निर्माण व्यवसायीको लापरबाहीले निर्माण कार्य ढिला भयो भन्ने आरोप लाग्ने गरेको छ। सधै निर्माण व्यवसायीको लापरबाहीले गर्दा मात्रै नभई कहिलेकाही मौषममा आएको खराबीका कारण पनि निर्मााण कार्यमा ढिलाई हुने गरेको पाईन्छ।