खोटाङ । दुई वर्ष अगाडी देखी एसियाली विकास बैंकको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत गरी २२ करोड भन्दा बढी लगानीमा आयोजना सुरु भएको भएतापनि निर्माण भईरहेको ठुलो खानेपानी आयोजना बनि नसकि भत्कन थालेपछि गुणस्तरीय काम नभएको भन्दै गुनासो आएको छ ।
उक्त आयोजना दिक्तेलको रुपाकोट मझुवागढी नगरपालीकाको खोला र नेर्पामा रहेको काहुले खोला बाट पानी ल्याएर उपभोक्ताहरुलाई सुविधा होस् भन्ने उद्धेश्यले १ देखी ३ वडा सम्मका उपभोक्तालाई लक्षित गरी सुरु गरिएको थियो ।
सो ठाउँका स्थानीयका अनुसार आयोजनाको सोल्मामा रहेको तिनबोटेमा निर्माण गरिरहेको प्रशोधन केन्द्र सहितको ट्यांकीको उत्तरपट्टीको जग बनिनसकी भत्किएको छ । जग राम्रो सँग खाडल नखनी पुरीएको माटोमा ठडाइएको भएका कारणले भत्किएको हो । स्थानीयका अनुसार सो जग मात्र नभएर तिलेलको थामखोरेडाडामा रहेको ट्यांकी पनि बांगीएको छ ।
उक्त आयोजना एक हजार भन्दा धेरै घर भएका उपभोक्तालाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराउने भनि सुरु गरिएको थियो । दिक्तेल शहरी खानेपानी आयोजना उपभोक्ता समितिका सचिव नवराज जोशीका अनुसार लागत फाईनल गरेकोे भन्दा लगभग १० करोड कम लागतमा दिएको सो ठेक्का आशिष निर्माण सेवा कम्पनीमार्फत पीईए–बीएन निर्माण कम्पनी जेभीले लिएको हो ।
गुणस्तरहिन कामले गर्दा उपभोक्ता समिति र उपभोक्ता दुबै पक्षलाई आर्थिक समस्या पर्ने भएका कारणले गर्दा जबसम्म गुणस्तरीय काम हुदैन तब सम्म आयोजना समितिले जीम्मा नलीने समितिका अध्यक्षले बताए ।उक्त आयोजना अन्तर्गत दितलेल बजारमा फायरिङ गेट २० स्थानमा जडान गरिएको अध्यक्षले बताए । लगभग ९५ प्रतिशत काम देखिएको आयोजनाले हालको अवस्था सम्म आईपुग्दा पाइपलाइन विस्तार , ट्यांकी निर्माण लगायत भौतिक पूर्वाधारको काम गरेको छ ।
नगर प्रमुखका अनुसार दिक्तेल बजारमा पुराना घरहरु धेरै भएका कारणले गर्दा सो ठाउँमा आगलागीको सम्भावना बढी हुने भएको कारणले गर्दा सय मिटरको अन्तरमा २० वटा ‘फायरिङ गेट’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शहरी खानेपानी आयोजनाको लगानीमा जडान गरिएको हो ।
उपभोक्ताले आफुहरु सँग भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गरी विभिन्न बिषयको माग गरेतापनि ति मागहरु कार्यान्वयनमा आउन नसकेको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् । धेरै कुराको आस देखाएपनि कार्यान्वयन भने कुनै पनि कामको हुन सकेको छैन ।