ऐतिहासिक, प्राकृतिक सौन्दर्यले भरिपूर्ण गोर्खाको भिमसेन थापा गाउँपालिका साविक तान्द्राङ गा.वि.स मा जन्मिएको म कामको सिलसिलामा जिल्लाको अती नै दुर्गम क्षेत्र चुमनुब्री गाउँपालिकाको प्राबिधिकको रुपमा कार्यहरू अगाडि बढाउन पाएकोमा आफुलाई गर्वावन्धित ठानेको छु । बुढीगण्डकीको सेरोफेरोमा रहेको उक्त गाउँपालिका गोरखाकै क्षेत्रफलको हिसाबमा सबैभन्दा ठुलो र नेपालकै चौथो ठुलो गाउँपालिका रहेको अवगत गराउन चाहन्छु । यो स्थान क्षेत्रफलको हिसाबले ठुलो भएता पनि जनसंख्याको आधारमा जिल्लाकै सबैभन्दा सानो छ ।
भौगोलिक जटिलताका कारण त्यहाँको भौतिक निर्माणका कार्यहरू सुस्त गतिमा चलिरहेको छ । निर्माणका सामग्रीहरुको ढुवानीको असहज वातावरण विकासको मुख्य बाधक बनेको छ । सामग्री ढुवानीको लागी गधा,खच्चड,आदि प्रयोग गर्नुपर्ने हुनाले विकासले तिब्रता लिन सकेको छैन । अन्तिम विकल्पको रुपमा हेलिकप्टर चार्टर गर्नुपर्छ जुन खर्चिलो माध्यम हो । यस ठाँउ सदरमुकामबाट टाढा र विकट रहेकोले त्यहाँ प्राबिधिकहरुको उपस्थिती बिरलै हुने गरेको थियो । प्रायः गएको मध्ये पनि प्राबिधिक टोलिले गर्नुपर्ने कार्यहरु सर्भे,अबलोकन, निरीक्षण, कार्यसम्पादन जस्ता क्रियाकलापहरु पुर्ण रुपमा नगरी फर्किएका अनगिन्ती उदाहरणहरु प्रशस्तै छन् ।
स्थानीय सरकारको मातहतमा प्राबिधिक टोलिहरुले पुर्णरुपमा स्थलभ्रमण,निरीक्षण,अबलोकन गरे पछि मात्र विकास निर्माणका कामले तिब्रता लिएको छ ।
हिमाली भेगको त्यस ठाउमा जागीरको सिलसिलामा माघ महिनाको चिसो मौसममा सुरु भएको मेरो यात्रा चुनौती र जटिलताले जिन्दगीको छुट्टै मोड लियो । सदरमुकामबाट करिव ७-८ घन्टाको कच्ची मोटर बाटोको यात्रा गर्दै साँगुरो गोरेटो बाटो बाबजुध पहिरो,हिमपहिरो,नदि कटान जस्ता प्राकृतिक प्रकोपले आवतजावत गर्न निकै कठिन भयो । भौगोलिक बनावटका कारण ढुवानिको लागि प्रयोग गरिने खच्चड,गधा आवतजावत गर्ने क्रममा सागुरो गोरेटो बाटोमा एकैपटक यात्रा गर्न अति नै सकस भयो । खानपिनको परिकारमा आलु,जौ,करु बाहेक अरु उत्पादन नहुने महँगो ढुवानि गरि बजार बाट लगेको हुनाले खानाको दर पनि उच्च रहेको छ । कारणबस् स्वास्थ अनुकुल भएमा हेलिकप्टर चार्टर बाहेक अरु विकल्प रहेको छैन। प्राबिधिक सामग्रीहरु लैजान कठिन र उपभोक्ता समितिको अज्ञानताको कारण विकास निर्माणमा चुनौती आएपनी केही हदसम्म आफै बोकेर लैजान मिल्ने सामग्री जस्तै टेप, कम्पास, लेवल मेसिनका लागि सर्भे ,अबलोकन गरि निर्माणको कार्यहरु निरन्तर अगाडि बढाइरह्यौ।
विकास निर्माणको कार्यलाई थप तिब्रता दिन दक्ष जनशक्ति उत्पादनको निम्ति विभिन्न तालिम ,गोष्ठी प्रदान गरि परिचालन गर्यौ । पर्यटकीय थलोको रूपमा स्थापित गर्न गोरेटो बाटोको उन्नतस्तर ,तालहरु जस्तै काल ताल, विरेन्द्र ताल, दुध पोखरी, आदिको संरक्षण,पदयात्राको लागि विभिन्न रुटहरु खोली पर्यटकलाई अझ सहज बाताबरण बनाएका छौ । यस क्षेत्रमा धर्म ,इतिहासलाई जगेर्ना गर्न माने, गुम्बा ,काने,छोर्तेन,मन्दिर,धर्मशाला जस्ता निर्माणका कार्यहरु चुस्त गतिमा अघि बढेको छ । सिर्जना भएको चुनौती ,बिघ्न बाधालाई निष्क्रिय बनाउन नेपाल सरकारबाट नै मोटरबाटो पुर्याउन पहल हुनुपर्ने ,दक्ष जनशक्ति परिचालन गर्नुपर्ने, शिक्षा स्वास्थलाई प्राथमिकता दिदै शैक्षिक संस्था निर्माण,स्वास्थ चौकिको निर्माणको लागि विशेष पहल गर्नुपर्ने,संचार क्षेत्रमा देखिएको अभावलाई पुर्ती गर्न स्थाई रुपमा विषेश कदमहरु चालियोस । उल्लेखित कार्यहरु समयमा गर्नसके दिगो बिकास अनुपम संस्कृति उन्नत पर्यटन समृद्ध चुमनुब्रीको नारा सफल हुनेछ ।