शारदानगर। भरतपुर–१९ स्थित शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको चौथो साधारण सभा बुधबार शारदानगरमा सम्पन्न भएको छ ।
भरतपुर–१९ का वडाध्यक्ष प्रकास तामाङ प्रमुख अतिथि रहेको कार्यक्रममा संस्थाकी सदस्य बालमाया घलेले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने संस्थाको आयव्यय विवरण शान्तिमाया घलेले प्रस्तुत गरेकी थिइन् ।
भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा दुई ठाउँमा खानेपानी परियोजना सञ्चालन भैरहेका छन् । ५७ करोडबराबरको लागतमा खानेपानीको परियोजना भरतपुर–१९ स्थित शारदानगरमा र मिलडाँडामा सञ्चालन भइरहेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर–१६, १७, १९, २० र २१ का ३६ सय ५२ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसहित २६४ किमी क्षेत्रफलमा १२५ मिटर गहिरो ६ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा उपलब्ध गराउने संस्थाकी अध्यक्ष शान्तमाया गुरूङ बताउँछिन् ।
कार्यक्रममा स्थानीय समाजसेवीहरु तोपमान गुरूङ, चन्द्रध्वज गुरूङ, पुर्ववडाध्यक्ष कर्णबाहादुर गुरूङ, महिला नेतृ तथा सहकारीकर्मी तारा गुरूङ, समासेवी विष्णु ढकाल, शहीद स्मृति कलेज शारदानगरका अध्यक्ष बेलबहादुर गुरूङ, संस्थाकी सचिव रत्नमाला गुरूङ, शारदानगर जागृति खानेपानीका इन्जिनियर मनोजकुमार पाण्डे,समाजसेवी तुलाराम गुरूङ, वडा सदस्यहरू चेतनारायण शर्मा, प्रभा कोइराला, झंकमान राइ लगायतले मन्तव्य राखेका थिए ।