काठमाण्डौं। कोभिड महामारीको कारण लामो समयदेखि अवरुद्ध भएको भुमिगत तारको काम नेपाल विधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ दोस्रोपटक प्राधिकरणको नेतृत्वमा आएलगतै तिव्र गतिमा वढेको छ ।
हाल महाराजगञ्ज र रत्नपार्कमा विधुत लाइन भुमिगत गर्ने कार्य भइरहेको छ । महाराजगञ्ज क्षेत्रमा ६०० किलोमिटर तार भुमिगत गर्नुपर्नेमा ५० प्रतिशत काम भइसकेको छ । ११ केभी क्षमताको २०० किलोमिटर र ४०० भोल्ट क्षमताको ४०० किलोमिटर तार भुमिगत गनुपर्नेमा २६० किलोमिटर भुमिगत भइसकेको छ । त्यस्तै सामाखुसी, गोङगबु, मनममैजु, टोखा, बुढानिलकण्ठमा आयोजना अनुसार तार भुमिगत गर्नेकार्य सकिएको छ ।
रत्नपार्क क्षेत्रमा ६०५ किलोमिटर तार भुमिगत गर्नुपर्नेमा २५ प्रतिशत काम भइसकेको छ । ११ केभी तर्फ ४०० किलोमिटर र ४०० भोल्ट तर्फ ९० किलोमिटर गरी १४० किलोमिटर काम सकिएको छ ।
हाल काठमाण्डौंको विभिन्न क्षेत्रमा तार भुमिगत गर्ने काम धमाधम भइरहेको छ ।
त्यस्तै मुख्य सडकहरुमा दशैंतिहारको बिचमा काम गर्ने योजना बनाएको छ । कोभिडको कारण काम ढिलाइ भएतापनि अबको डेढवर्षभित्रमा रत्नपार्क वितरण क्षेत्र अन्र्तगतको सबै ठाउँमा तार भुमिगत गर्ने काम सक्ने योजना रहेको छ ।
विधुत प्राधिकरणले दोस्रो चरणमा कीर्तिपुर, जोरपाटी, साँखु, बानेश्वर, बालाजु, कलंकी आदी क्षेत्रमा तार भुमिगत गर्ने कामको लागी माघमा नै ठेक्का भएको भएता पनि निर्माणको उपकरणको अभावमा काम ढिलाई भएको हो ।
तेस्रो चरणमा विधुत प्राधिकरणले ललितपुर र भक्तपुर वितरण केन्द्र अन्र्तगतका क्षेत्रमा तार भुमिगत गर्नेकाम ४/५ महिनाभित्रमा सुरु गर्ने सम्झौताको साथ ठेक्का दिईसकेको छ ।
पहिलो चरणमा महाराजगञ्जमा सुरु गरेका तार भुमिगत कार्य कोभिडको कारणले समयमा नै सम्पन्न हुन सकेन जसले गर्दा जमिनमुनीबाट तार तानेर विजुलि बाल्ने काम अहिलेसम्म सफल हुन सकेको छैन् । विधुत प्राधिकरणले आगामी ३ वर्षभित्रमा सबै तारहरु भुमिगत गरी जमिनमुनिबाट तार तानेर बत्ती बाल्ने योजना बनाएको छ । उपत्यकाभित्रको काम सकिए लगत्तै धनगढी, बुटवल, चितवन, पोखरा, विरटनगर आदी ठाउँमा तार भुमिगत तारमर्फत विजुलि बाल्ने लक्ष्य रहेको छ ।