काठमाडौं। ई–पहल नेपाल १० औं वर्ष पूरा गरेर ११ वर्षमा प्रवेश गरेको छ। निर्माण व्यवसायीहरुका लागि निर्माण सम्बन्धी सम्पूर्ण सूचना एकमुष्ट प्रवाह गर्दै आएको ई–पहल नेपाल आजदेखि ११ वर्षमा प्रवेश गरेको हो।
निर्माण व्यवसायीहरुलाई पत्रिका तथा अन्य सञ्चार माध्यममा आएका निर्माण सम्बन्धी सूचनाहरु हरेक दिन हरेक पत्रिका पल्टाएर हेर्न झन्झट नहोस भनेर एकमुष्ट सूचना उपलब्ध गराउने उद्देश्यले वि.सं. २०६९ साल फागुन ४ गते ई–पहल नेपालको स्थापना भएको थियो।
ई–पहल नेपालले ‘मेरो टेन्डर डट कम’ नामक सेवामार्फत निर्माण कम्पनीहरुलाई निर्माण सम्बन्धी पत्रिकामा आएका सम्पूर्ण सूचना, सबै सप्लायी कम्पनीलाई सप्लाई सम्बन्धी सम्पूर्ण सूचना, इन्जिनियरिङ परामर्शदाताहरुलाई परामर्श सम्बन्धी सूचनाहरु इमेल मार्फत पठाउने गरेको छ। ई–पहल नेपालले नेपालका सबै राष्ट्रिय दैनिक, स्थानीय पत्रिका र इ–पेपरमा आएका सूचनालाई संकलन गरेर एकमुष्ट बनाएर बुँदागत रुपमा छुट्टै टाइपिङ गरेर समेत इमेलमार्फत सूचना प्रवाह गरी आफ्ना सेवाग्राहीहरुलाई सेवा दिँदै आएको छ।
ई–पहल नेपालकी मार्केटिङ अफिसर उषा राईका अनुसार कम्पनीले यो १० वर्षको अवधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनी गरी करिब २ हजार भन्दाबढी कम्पनीहरुलाई सेवा प्रवाह गरिसकेको छ। हाल करिब १२ सय कम्पनीले सेवा लिइरहेका छन्। कम्पनीले यो १० वर्षको समयमा नेपाल निर्माण व्यवसायी महासंघ, प्रदेश महासंघ, विभिन्न जिल्ला संघ लगायत निर्माण सम्बन्धी सेवामुखी संस्थाहरुलाई विभिन्न समयमा तथा अवसरहरुमा नि:शुल्क सेवा उपलब्ध गराएको र गराउँदै आएको छ।
साथै कम्पनीले आफ्नो ११ औं वर्ष प्रवेशको अवसरमा आफ्ना ग्राहकका लागि केही अफर समेत ल्याएको छ। ई–पहलले अब १० हजारमै १० वर्ष सेवा र १० महिना बोनस समेत दिने भएको अफिसर राईले जानकारी दिइन्। याे अफरका लागि नयाँ दर्ता तथा नविकरण अबकाे एक वर्ष अर्थात वि.सं. २०८० फागुन ५ गतेसम्ममा गरिसक्नु पर्ने कम्पनीले जनाएकाे छ।
ई–पहल नेपालका ग्राहकले जम्मा तीन हजारमा एक वर्षको सेवा पाउँदै आएका छन्। त्यसैगरी कुनै कम्पनीलाई ई–पहलको ग्राहक बन्न सिफारिस गरी पठाएर ग्राहक बनेमा सिफारिस गर्ने सेवाग्राहीले रु ५ सय छुटदेखि एक वर्ष सेवा शुल्क छुट पाउने व्यवस्था समेत रहेको छ।