विराटनगर। ६० करोड लगानीमा विगत लामो समयदेखि निर्माण ब्यवसायमा निरन्तर कार्यरत रहेको सीई ग्रुपले विराटनगरको सरस्वती टोलमा २२ कट्ठा जमिनमा २७ वटा भिल्ला सहितको सामुहिक आवास निर्माण सुरु गरेको छ । सामुहिक आवासअन्र्तगत बनाइने घरहरु ए, बी र सी गरी ३ प्रकारका हुनेछन् । टाइप ए अन्र्तगत २० वटा घर हुने र यसको बिल्ट अप एरिया २ हजार १ सय वर्गफिट हुने छ । टाइप बी अन्र्तगत ५ वटा घर हुने र यसको बिल्टअप एरिया २ हजार ३ सय वर्ग फिट हुने छ ।
टाइप ए अन्र्तगत पर्ने घरहरुले ९ धुर जग्गा आग्ट्ने र बी अन्र्तगत पर्ने घरहरुले ९ देखि १३ धुर जग्गा ओग्ट्ने छ । र सबै घरहरु साढे २ तलाको मात्र हुने छ। यस्तो टाइपको घरको मुल्य २ करोड २० लाखबाट सुरुवात हुने छ । टाइप ए र बी मा पर्ने घरहरुमा ४ वटा बेडरुम हुने र त्यसमा पनि १ वटा बेडरुममा मात्र अट्याच बाथरुम हुने बाकी ३ वटाको लागी २ वटा कमन बाथरुम हुने छ । यस्तो प्रकारको घरहरुमा पुजा कोठा, डाइनिङ, लिभिङ रुम पनि हुनुका साथै सबैभन्दा टपको रुमलाई मिटिङ रुम, अध्ययन, योगा, बेडरुम आदी आफ्नो इच्छा अनुसार प्रयोग गर्न सकिने छ। घर निर्माण गर्दा घरभित्रको सम्पुर्ण फिनिसिङको काम कम्पनीले नै गर्ने छ ।
टाइप सी अन्र्तगत जम्मा २ वटा घरहरु पर्ने छ जसलाई सीई ग्रुपले ग्राहककै डिजाइन अनुसारको घर निर्माण गर्नेछ त्यसैले यस्तो प्रकारको घरलाई सीडी पनि भनिन्छ । टाइप सी अन्र्तगत पर्ने घरहरु ग्राहकले आफ्नो इच्छा र चाहनागरेपछि कम्पनीले त्यसको मुल्य तोक्ने घर खरिद गनेृ ग्राहकलाई मालपोत कार्यलयबाट जारी गरीने जग्गा धनी पुर्जा पनि उपलब्ध गराउने छ । टाइप ए अन्र्तगतको ३ र टाइप बी अन्र्तगतको १ गरी ४ वटा घर निर्माण पश्चात विक्रि भइसकेको छ।
टाइप ए र बी अन्र्तगतको घर खरिद गर्ने ग्राहकले सुरुमा ३० लाख बुझाई हरेक ३ महिनामा ९ किस्ता गरी रकम तिर्न सक्ने कुरा कम्पनीले उल्लेख गरेको छ। सामुदयिक आवासभित्र खुल्ला पार्क, गणेशको मन्दिर, सामुदायिक भवन आदी निर्माण गर्ने भएकोले ग्राहकले १ लाख रुपैया छुट्टै बुझाउनु पर्ने छ। आउदो ३० महिना भित्र दैनिक रुपमा १०० कामदारले निर्माण कार्य गरी ग्राहकलाई घर हस्तान्तरन गर्ने कुरा कम्पनीले बताएको छ । घर निर्माणसँगै खानेपानीको पाइप, आधुनिक ढल निर्माण र पीच सडकको पनि निर्माण गर्नेछ ।
निर्माण भइसकेको घर ग्राहकले खरिद गरिसकेपछि उनिहरुले इच्छा अनुसार भत्काउन थप्न पाउने छैनन्। यस्तो प्रकारको घरहरु भुकम्प प्रतिरोधात्मक पनि हुने छन्। नेपाल सरकारको शहरी विकास मन्त्रालयअन्तर्गतको बबरमहलस्थित भवन विभागले जारी गरेको राष्ट्रिय भवनसंहिताका प्रावधानभित्र रहेर सामूहिक आवासका घर बनाउने निर्णय गरेको कुरा कम्पनीले जानकारी दिएको छ । जसको प्रकृया विराटनगर महानगरपालिकाबाट नक्सा पास गरेर पुरा गरीसकेको छ । यस्तो घरहरु ख वर्ग अन्र्तगत पर्दछन् । सीइ ग्रुपले उपत्यका बाहीर १६ वर्ष पहिले धरानको गणेशमान चोकमा सामुहिक आवास निर्माण गरेको थियो त्यसपछि दोस्रो पटक विराटनगरमा सामुहिक आवास निर्माण् गर्न लागेको हो ।