काठमाडौं। सिद्धबाबा सुरुङमार्ग निर्माणको प्रारम्भिक काम सुरु भएको छ । निर्माण कम्पनी स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पुसमा सुरुङमार्गको ड्रोइङ र डिजाइन बुझाएको थियो ।
हाल निर्माण कम्पनीले बुझाएको डिजाईमा रिभ्यू भइरहेको छ भने स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पोरेसन ९एसडिसी०ले सुरुङमार्गको प्राविधिक परामर्शको काम गरिरहेको छ । निर्माण कम्पनीले हाल एप्रोच रोडका लागि काम गरिरहेको छ भने आन्त्रिक तयारी स्वरुप सुरुङमार्गको ब्लास्टिङको लागि काम भइरहेको छ ।
सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ड्रोइङ र डिजाइन सन् २०२२को डिसेम्बर बुझाएको थियो । चिनियाँ कम्पनीले सोही सुझाव अनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ, त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ ।
सुरुङमार्ग निर्माणको लागि स्विस डेभलोमेन्ट कर्पोरेशन ९एसडिसि०ले प्राविधिक परामर्शदाताको रुपमा काम गरीरहेको छ भने निर्माणम कम्पनीले बुझाएको सुरुङमार्ग निर्माणको डिजाइन अध्ययन गरिरहेको छ । सडक विभागका अनुसार करिब २० दिनदेखि १ महिनामा एसडिसी रिभ्यूले डिजाइन बुझाउने र आयोजनको मुख्य काम सुरु हुने छ । यसका लागि परामर्शदाता कम्पनीले डिजाइनमा रेभ्यू बुझाउने छ ।
निर्माण कम्पनीले तोकिएको समयमै डिजाइन र ड्रोइङ बुझाएकाले निर्माण कार्यपनि तोकिएकै समयमा हुने विभागले यसअघि जनाएको थियो । तर डिजाइन रिभ्यूका कारण करिब २ महिना ढिला हुने भएको छ । सोहीअनुसार चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडिसीको प्राविधिक टोलीलाई पठाइएको छ ।
उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ । निर्माण कम्पनीले बुझाएको डिजाइन र ड्रोइङलाई प्राविधिक परार्मदाता एसडिसिले अध्ययन गरिरहेको सडक विभागको भनाइ छ । आवश्यक सुझाव तथा राय दिएर डिजाइन र ड्रोइङ परामर्शदाताले स्वीकृति गरेपछि आयोजनाको काम सुरु हुन्छ ।
एसडिसिको टिमले नोभेम्बरमा स्थलगत भ्रमण गरेर फिर्ता भएको थियो । इपिसि मोडेलमा निर्माण गर्न सम्झौता भएको थियो । २ लेनको १ हजार १ सय २६ मिटरको सुरुङमार्गमा ३ वटा अकस्मिक सुरुङमार्ग निर्माण हुने छ । १ मुख्य र ३ वटा वाइपास सुरुङमार्ग निर्माण हुने छ । अर्को भनेको त्यहाँ माथि भएका बहन ढुङगाहरु हटाउने छ ।
ढुङगाहरु हटाएर त्यहाँ फलामे जालीले थप जोखिमलाई नियन्त्रण गर्न रक सेड बनाउने र ८० देखि ८५ डिग्रीको भिरालो रहेकाले निर्माण कार्य भौगोलिक हिसाबले चुनौती रहेको आयोजनाको भनाइ छ । सडक मार्गमा माथिबाट पहिरो आएपनि छाता आकारको पूर्वाधार निर्माण गरिने छ र पहिरो माथिबाट झरेर सिधा खोलामा जाने गरि रकसेड निर्माण हुने जनाएको छ ।
निर्माण हुने सुरुङमार्गबाट इन्धनको ढुवानी गर्न ट्रक तथा दुई पाङग्रे साधनलाई निषेध गरिने छ । ०७८ फागुनको अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण समापन गर्ने गरि सम्झौता भएको थियो । सम्झौता अनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइन गरेर बुझाउने समयसीमा दिइएको थियो ।
चाइना स्टेटले कन्स्ट्रक्सनले बुझाएको डिजाइन एसडिसि र आयोजनाले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुने विभागको भनाइ छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्ष मर्मत तथा सञ्चालन गर्नुपर्ने छ । यसरी १० वर्ष प्रत्यक्ष निगरानीमा रहने छ । मूल सरुङमार्ग १ं हजार १ सय २६ मिटर लम्बाई रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी निर्माणका लागि छनोट भएको थियो ।
सिद्धार्थ राजमार्गमा निर्माण हुने सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भएपनि चाइना स्टेट कन्स्ट्रक्सनले कम कबालमा निर्माणको जिम्मा पाएको थियो । आयोजनाले निर्माणका लागि आन्तरिक तयारी स्वरुप साइड क्लियरेन्स, डाइर्भसन लगायत यन्त्र उपकरण संकलनको काम गरिरहेको जनाएको छ । डिजाइन स्वीकृति लगतै आयोजनाले सुरुङ खन्ने काम सुरु गर्ने जनाएको छ । कारोबार दैनिकबाट