काठमाडौं। टोखा नगरपालिकामा रहेको ‘टोखा क्येब:’ थप सुविधाका साथ पुनः सञ्चालनमा आएको छ। २०७१ सालमा स्थापना भई २०७३ साल जेठ ३१ गतेदेखि बृहत् रुपमा सञ्चालनमा रहेको ‘टोखा क्येब:’ थप सुविधाका साथ आजदेखि सञ्चालनमा ल्याइएको हो।
‘टोखा क्येब:’ पुनः सञ्चालन कार्यक्रममा बोल्दै क्येब:का संस्थापक अध्यक्ष सुशान्त डंगोलले स्थानीय नेवा: कला, संस्कार, संस्कृति , रितिरिवाज, परम्परा नयाँ पुस्तालाई हस्तान्तरण र पुस्तान्तरण गर्ने मुल उद्देश्यले टोखा क्येब:को स्थापना गरिएको जानकारी दिए। उनले स्थापना भएदेखि हालसम्म विभिन्न सेवा सुविधा विस्तार गर्दै आएको समेत जानकारी दिए।
क्येब:मा जाडो बढेपछि गत कात्तिकदेखि बन्द गरिएको स्वीमिङ पुल पनि पुन सञ्चालनमा ल्याइएको छ भने अन्य सेवा सुविधा समेत विस्तार गरिएको डंगोलले बताए।
क्येब:मा खुल्ला संग्रहालय, पुस्तकालय, बलबालिका र वयस्कहरुका लागि तीनवटा स्वीमिङ पुल, दुईवटा स्यलाइदिङ्ग, वेवी फन पार्क सञ्चालनमा रहेको अध्यक्ष डंगोलले जानकारी दिए।
क्येब: सञ्चालनमा आएदेखि सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तरगत तीन वर्षसम्म नि:शुल्क योग शिविर सञ्चालन, सांस्कृतिक कार्यक्रम, पोषण पुस्तक प्रकाशन, बाढीपहिरो पिडितलाई राहत वितरण समेत गर्दै आएको छ।
क्येब:ले स्वुमिङ सिकाउने, स्वुमिङ प्रतियोगिता, सांगीतिक कार्यक्रम, साहित्यक कार्यक्रम, विविध प्रकारका सांस्कृतिक नृत्य आयोजना गर्ने, कन्सर्ट आयोजना गर्ने, हाइकिङ कार्यक्रम आयोजना समेत गर्दै आइरहेको छ।
योगगुरु हरिॐम अधिकारीले क्येबस् मा तीन वर्ष योग शिविर सञ्चालन गरेको र शिविरबाट योग गुरु पनि उत्पादन भएका छन्। सो शिविर सञ्चालन ताका टोखा क्येब:बाट निशुल्क सेवा प्रदान गरेकामा अध्यक्ष डंगोलले योगगुरुलाई धन्यवाद समेत दिएका छन्।
क्येब: को पुन सञ्चालन कार्यक्रममा नायब निरिक्षक सुनिल पनेरुले आफू यो नगरपालीकामा नयाँ नियुक्त भएर आएको र यो स्थानको शान्ति सुरक्षा कायम गर्नको लागि एकआपसमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष रमेश डंगोलले क्येब:ले स्थापना देखि हालसम्म विविध वाधाअवरोध ब्यहोर्दै भएपनि स्थानीया कला, संस्कार, संस्कृति उत्थान गर्ने उद्येश्यले समय समयमा विविध कार्यक्रमहरु आयोजना गरी राम्रो काम गरेको बताए। युवाहरुले मिलेर संचालन गरेको यो क्येब:ले आगामी दिनमा गर्ने कार्यमा डाको तर्फबाट सक्दो सहयोग गर्ने समेत उनको प्रतिबद्धता छ।