तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहद्धारा १९६८ जेठ ९ गते टुँडीखेलमा करिब साँझको साढे ६ बजेतिर नेपालको पहिलो र एशियाको दोस्रो जलविद्युत् आयोजना भनेर चिनिएने फर्पिङ जलविद्युत् आयोजनाको बत्ती बालेर उद्घाटन भएको थियो । लगभग ४ वर्ष लगाएर बनाईएको उक्त आयोजनाको त्यस समयको लागत ७ लाख भन्दा बढी परेको थियो । चन्द्रज्योती नाम राखिएको उक्त जलविद्युत् आयोजना प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्माण भएको हो ।
उक्त आयोजना बेलायती उपकरण र प्राविधिकहरुको प्रयोगमा बनाइएको थियो । यस आयोजनाले पानीको संकलन सत्मुले र शेष नारायण क्षेत्रका मूलहरूबाट गरेको थियो सोही पानी लगभग २०० मिटर तल झारी ५०० किलोवाट विधुत उत्पादन गरी उत्पादन गरेको विधुत काठमाडौं शहरका मुख्यगरी राणा परिवार र हुनेखाने नगरवासीलाई वितरण गरीएको थियो ।
बेलायतीहरुको सहयोगमा विधुत नेपाल ल्याईएको थियो । बिधुत् त्यो समयमा संसारमा नै नयाँ प्रविधि रहेको थियो । सो काम धेरै चुनौँतिपुर्ण भएकोले कामको कार्यान्यन गर्न त्यस समयको तत्कालीन सरकारले राणा परिवारका वरिष्ठ सदस्यहरुनै परिचालन गरेको थियो । मोहनशमशेर र केशवशमशेरले मेशिनेरी सामानको ढुवानीको जिम्मा लिएका उतm आयोजनामा पद्मशमशेर राणा प्रमुख थिए । विभिन्न पदमा राणा परिवारका सदस्यहरुले महत्वपुर्ण भुमिका निर्बाह गरी आयोजनालाई उच्च प्राथमिकता दिएर आइपर्ने समस्याहरु समाधान गरेर काम अघि बढाएका थिए । यस समयमा नेपालमा सञ्चार, बाटो, दक्ष प्राविधिक, सबैको अभावनै थियो यस्तो समयमा पनि यो आयोजना आँट गरेर निर्माण गनु ठुलो कुरा थियो । १२० वर्षअघि र अहिले जलविद्युत् आयोजना निर्माणमा एउटै प्रकारका समस्याहरु देखिन्छन् ।
उक्त आयोजनाले निर्माण सम्पन्न भएको ११५ वर्षभन्दा वढी भइसक्दा पनि विधुत उत्पादन गरिरहेको भएतानि सो क्षेत्रमा बढिरहेको शहरीकरण र त्यसले खानेपानी आपुर्तिमा पारेको प्रभावको कारणले उक्त जलविधुत् उत्पादन गर्न प्रयोग हुने पानी स्थानीय बासिन्दालाई प्रयोग गर्न थालिएको कारणले गर्दा विधुत उत्पादनको काम बन्द भएको छ । सो आयोजनामा वैज्ञानिक अनुसन्धान केन्द्र , वायु सौर्य तथा जलविद्युत् सबैको प्रयोग गरी जीबित ऊर्जा संग्रहालयको रूपमा विकास गर्ने कार्यक्रम तय गरिएको भएतापनी काम कहिले पुरा हुन्छ भन्ने ठोस निर्णय भने भएको छैन ।
फर्पिङबाट उत्पादन भएको विधुत् धनीहरुको लागी अझै सम्पन्नता देखाउने माध्यम बनेको थियो । यस समयमा रैतीहरु आफ्नो झुपडीमा टुकी वा दियालोको उज्यालोमा रात काट्नुपर्ने अवस्था थियो । यो समयमा विधुतबाट उधोगहरु संचालन गर्ने बिचार कोहीमा नभएको पाईन्छ । बिजुली लाई हामीले एउटा उपभोग्य बस्तुको रुपमा मात्र अगाडी बढाएका छौँ यसलाइ एउटा उत्पादनको माध्यम बनाएको भए राम्रो हुन्थ्यो । हालको अवस्थामा पनि हामिले कुन क्षेत्रमा कति विधुतको प्रयोग गर्ने भन्ने कुरा थाहा पाउँन सकेका छैनौँ । सबै क्षेत्रमा विधुतको उपयोग गरेर आधुनिक गराउने र उत्पादन बढाउनुपर्छ भन्ने बिचारलाई पुरा गर्न कुनै पनि नियम बन्न सकेका छैनन् । कतिले त देशलाई विधुत वढी भएको र अब विधुत उत्पादन गर्न नहुने भनिरहेका छन्।
आफ्नो देशको जलस्रोत विकास गर्न पनि विदेशीलाई गुहार्ने हामी चन्द्रशमशेरको पालामा जस्तै दक्ष प्राविधिकको अभावको वाहाना गरी विधुत निर्यात गर्नको लागि सस्तो साथै भरपर्दो विधुत उत्पादन गर्न चाहने नीतिनियम र पुर्वाधारको विकास गर्न सकेका छैनौं न त विधुत उत्पादन गरी खपत बढाउन नै सकेको छौं । त्यसैले यहि मौका छोपि छिमेकी राष्ट्रहरुले हाम्रो देशको विधुत आयात गरी समृद्ध बन्ने सपना देखेका छन् ।
जलविधुत आयोजना एकपटक विकास गरीसकेपछि सामान्य मर्मत सम्भार गरेपछि सयौं वर्ष सुविधा लिन सक्ने संरचना हो । त्यसैले समाजलाई दिर्घकालसम्म पुर्याउने खालको आयोजनालाई छनोट गर्नु राम्रो हुन्छ । फर्पिङ जलविधुत आयोजना जस्ता थुप्रै आयोजनाह राष्ट्रको सम्पत्ति भएको कारणले गर्दा यस्ता आयोजनाको संरचनालाई सदुपयोग गर्नुपर्छ जसले राष्ट्रलाई नै फाइदा हुन्छ । फर्पिङ जलविधुत आयोजनाले पुर्वाधार विकास सँगसगै जलविधुत विकासको बारेमा पनि ज्ञान दिएको छ ।