काठमाडौं। साताको पहिलो दिन आइतबार अमेरिकी डलरको मूल्य १४ पैसाले बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददरमा १३० रुपैयाँ ९७ पैसा र बिक्रीदरमा १३१ रुपैयाँ ५७ पैसा बढेको छ । यसअघि शुक्रबार एक डलरको खरिदमा १३० रुपैयाँ ८७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४३ पैसा तोकिएको थियो ।
आइतबारका लागि एक युरोको खरिददर १३८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३९ रुपैयाँ २९ पैसा तोकिएको छ भने यसअघि शुक्रबार भने युरोको खरिददर १३८ रुपैयाँ २९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसामा कारोबार भएको थियो ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६७ पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ९ पैसामा कारोबार भइरहेको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३६ रुपैयाँमा ६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा छ भने मलेसियन रिंगिट एकको खरिदमा २८ रुपैयाँ ९८ पैसा र बिक्रीमा २९ रुपैयाँ ११ पैसा छ ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ २१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १६ पैसा कारोबार हुदाँ बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४९ रुपैयाँमा किनबेच हुनेछ ।