काठमाडौं। नेपाल निर्माण व्यवासायी महासंघको एक्सिलेन्स अवार्ड र २४औं साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आईतबार सुरु भएर सोमबार भव्यताका साथ सम्पन्न भएको हो। उक्त साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गरेका थिए। साधारण सभामा देशभरबाट करीब ११ सय प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी भएका थिए। आइतवार बेलुका नै उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा एफक्यान एक्सिलेन्स अवार्ड समारोह आयोजना थियो।
उक्त अवार्ड आयोजनामा निर्माण कम्पनी देखि उत्कृष्ट इन्जिनियरिङ प्राबिधिक विद्यार्थीलाई समेत पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान ग्लोरी अवार्ड अग्रज निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । निर्माण उद्योगमा विशिष्ट योगदान दिएका महासंघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई सम्मान गरेको हो। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले शेर्पालाई अवार्ड प्रदान गरे।
उक्त अवार्डमा कालिका कन्स्ट्रक्शनले पनि दुई विधामा अवार्ड पाएको छ। विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ए क्लासको कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको आधारमा कालिकाले अवार्ड पाएको हो।
ए क्लास तर्फ उत्कृष्ट काम गरेको कम्पनीतर्फ भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रा. लि भक्तपुरले गोल्ड अवार्ड पाएको छ। यसैगरी सामानान्तर निर्माण सेवाले सिल्भर अवार्ड पाएको छ भने, ब्रोन्ज अवार्ड कन्काई इन्टरनेशनल बिल्डर्स् प्रा. लि ले पाएको छ।
बी क्लास तर्फ यही विधामा सगुन कन्स्ट्रक्शन एण्ड इन्जिनियरिङ प्रा लि ले गोल्ड अवार्ड पाएको छ। यसैगरी एस. एल कन्स्ट्रक्शन प्रा. लि ले सिल्भर अवार्ड पाएको छ। सी क्लासतर्फ सोही विधामा नेशनल कन्स्ट्रक्शन प्रा. लि कञ्चनपुरले गोल्ड र शिवालय बिल्र्डस् प्रा लि. काभ्रेले सिल्भर अवार्ड हात पारेको छ। बी क्लासतर्फ समयमै उत्कृष्ट काम गरे बापत् जय विष्णु निर्माण सेवाले सिल्भर अवार्ड पाएको छ।
डी क्लास तर्प कोशी प्रदेशबाटझापाको उद्देश्य निर्माण सेवाले उत्कष्ट अवार्ड पाएको छ। यसैगरी डी क्लासमा वागमती प्रदेशबाट तेज कन्स्ट्रक्शनले अवार्ड पाएको छ भने, गण्डकी प्रदेशबाट जि.एस इन्जिनियरिङले अवार्ड जित्न सफल भएको छ।
त्यस्तै कर्णाली प्रदेश उत्तम निर्माण सेवा सुर्खेतले अवार्ड पाएको छ। उत्कष्ट जिल्ला निर्माण व्यवसायी संघहरू मध्येमा तराईबाट कैलालीले अवार्ड पाएको छ भने पहाड र हिमालबाट कास्की र सिन्धुपाल्चोकले अवार्ड हात पार्न सफल भएका छन्। उत्कष्ट प्रदेश निर्माण व्यवसायी महासंघको अवार्ड भने वागमती प्रदेश महासंघले पाएको छ।
उत्कृष्ट महिला निर्माण व्यवसायीमा एस एल कन्स्ट्रक्शनकी गीता शाहीले अवार्ड जितिन् भने उत्कृष्ट सर्भिस प्रमोसन कन्सल्टिङ कम्पनीको अवार्ड आर्किटेक्ट कोल्याबोरेट नेपाल प्रा लि. ले हात पारेको छ। त्यस्तै कन्स्ट्रक्शन सेक्टर एक्सिलेन्स इन्जिनियर अवर्डा इन्जिनियर नरेन्द्रकुमार देवले पाएका छन्।
एघारौं एफक्यान एक्सिलेन्स अवार्ड २०७९ अन्तर्गत नै महासंघले भौतिक पूर्वाधारको समाचारलाई उच्च प्राथमिकता दिने विभिन्न संचार माध्यमहरूलाई अवार्ड प्रदान गरेको छ। जस अन्तर्गत अनलाइनतर्फ निर्माणपाटी डटकम, रेडियो तफै रेडियो काठमाडौं, टिभीतर्फ एपीवान र दैनिक पत्रिकातर्फ आर्थिक दैनिकका प्रतिनिधिहरूलाई अवार्ड प्रदान गरियो । भौतिक पूर्वाधारको क्षेत्रमा कलम चलाउने पत्रकारतर्फ राजधानी दैनिकका मधुजङ्ग पाण्डेले अवार्ड पाए । मस्ट सर्पोटिभ स्पोनसरको अवार्ड एमएडब्लु् अर्थ मुभर्स् प्रा लि लाई प्रदान गरियो ।
निर्माण व्यवसायीका सन्ततिहरूमध्ये इन्जिनियरिङ विषय अध्ययन पूरा गरेका प्रगति शाह (जय लक्ष्मी कन्स्ट्रक्शन बाजुरा), जेनिशा महर्जन (के.बी डेभलपर एण्ड कन्स्ट्रक्शन प्रा लि. काठमाडौं), रविकान्त शाह (जय अम्बे कन्स्ट्रक्शन पर्सा) र आसुतोष दास न्यू आसुतोष कन्स्ट्रक्शन सप्तरीं लाई अवार्ड प्रदान गरियो । महासंघ सचिवालयमा कार्यरत कर्मचारीहरू मध्ये न्युच्छेमाया तुण्डकारलाई अवार्ड दिइयो ।
अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले निर्माण व्यवसायीहरूसँग सहकार्य गर्न सरकार तयार रहेको बताए । महासंघका अध्यक्ष रवि सिंहले महासंघको अवार्ड कार्यक्रम राष्ट्रकै प्रतिष्ठित अवार्डको रुपमा स्थापित हुनु महासंघको लागि गर्वको विषय भएको बताए ।
महासंघको एक्सिलेन्स अवार्ड र २४औं साधारण सभा समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठेक्का सम्झौताअनुसार तोकिएकै समयमा, तोकिएको मापदण्ड र गुणस्तरमा काम गर्न निर्देशन दिएका छन्। यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन्। २४औ साधारण सभामा वार्षिक प्रतिवेदन कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत, केही नया एजेण्डा पारित, केहीमा विवाद उत्पन्न भए पछि विवाद व्यवस्थापन समितिको गठन, भावी योजनाहरु प्रस्तुत गरिएको छ।