काठमाडौं। सुकुन्दा साहित्य पा:लाद्वारा महाकवि गिरिजा प्रसाद जाशीको ८५ औं जन्मोत्सव विविध साहित्यिक रचना वाच तथा सांगितिक कार्यक्रमको आयोजना गरी मनाएको छ।
सुकुन्दा साहित्य पास्लाले गिरिजा प्रसाद जोशीको जन्मोत्सव ओन्दे, नारायण परिवार कल्ब, चक्रमान डंगोल प्रतिष्ठानमा कार्यक्रम आयोजना गरी मनाएको हो।
सुकुन्दा साहित्य पा:लाका अध्यक्ष प्रशान्त डंगोलको सभापतित्वमा प्रमुख अतिथि प्राडा चन्द्रमान बज्राचार्य अतिथि मदन सेन बज्राचार्य, चन्द्र श्रेष्ठ (माईला दाइ), अनुप सिंह सुवाल, योगेन्द्र राकर्णिकारको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो। कार्यक्रम सुकुन्दामा दिप प्रज्वलन गरेर सुभारम्भ भएको थियो ।
कार्यक्रमका सभापति प्रशान्त डंगोलले नेपाल भाषा क्षेत्रमा नेपाली साहित्यकार भन्दा धेरै पुराना अग्रज साहित्यकार , विद्वान, अनुसन्धानकर्ताहरु, वैज्ञानिकहरु हुँदा पनि उहाँहरुको योगदानको उचित मुल्यांकन समयमै हुन नसक्दा धेरै नेपाल भाषा क्षेत्रका व्यतित्वहरु गुमरामा भएको बताए। उनले समयक्रम संगै उनीहरुको श्रय, योगदान आजका नयाँपिढिले दुरुपयोग गर्ने कार्य भैरहेको समेत आरोप लगाए।
नेपाल भाषा क्षेत्रमा धेरै संघ संस्थाहरु हुँदा पनि बहु प्रतिभाका धनी महाकवि गिरिजा प्रसाद जोशिको सम्झना जन्मजयन्ती नगरिरहेको अवस्थामा सुकुन्दा साहित्य पास् ला ले कार्यक्रम गरी नयाँ कार्यको थालनि गरेको र सोकार्यको निरन्तरताको लागि नयाँ पिढिहरुलाई आग्रह पनि गरे।
गिरिजा प्रसाद जोशीको १९९६ मा जन्म भई २०४४ सालमा ४९ बर्षको उमेरमा निधन भएको थियो। उनका महत्त्वपूर्ण ६९ पुस्तक प्रकाशन भएका छन् भने अन्य थुप्रै प्रकाशनको पर्खाइमा रहेका पन्दुलिपिहरु पनि यथासक्य चादो प्रकाशन हुनुपर्ने सभापति डंगोलको भनाइ छ।
कार्यक्रममा साहित्यकार तथा नेपाल भाषाका शिक्षक सुमितदास रञ्जितकारले प्रगतिशील ‘मां भाय’ शिर्षक कवितावाचन गरे , रमिता बज्राचार्यले नेपाल भाषाको कविता वाचन गरे, नेपाल भाषा रत्न राज्य क्याम्पसका विद्यार्थी कृता बज्राचार्यले ‘पाहाँ’ कविता वाचन गरिन्।
गायकद्वय मिनर्वा बज्राचार्य शाक्य र नरेन्द्र महर्जनले लोकप्रिय राजमति रिमिक्स गित गाए। फितनेस गुरु सन्दिप महर्जनले नेपाली गित गाए। नेपाल भाषा शिक्षाक अनुप सिंह सुवालले गिरिजा प्रसादका प्रगतिशील दुईवटा गित प्रस्तुत गरे ।
अभियान्ता दिपक तुलाधरले नेपाल भाषा अभियान्ता प्रशान्त डंगोल ,ररिदेन महर्जनले नेपाल भाषा जगतमा अतुलनिया योगदान पुर्याएको र यस्तो महत्त्वपूर्ण कार्यमा सम्पूर्ण नवआगन्तुक साथिहरुले पनि साथ सहयोग दिनुपर्ने बताए। फोटोग्रफर प्रेरणा शाक्य महाकवि गिरिजा प्रसाद जोसिको नेपालभाषा साहित्य क्षेत्रमा अतुलनिय योगदान रहेको बाए। अतिथि मदनसेन बज्राचार्यले नेलभाषा साहित्य क्षेत्रमा प्रशान्त डंगोल, रिदेन महर्जनले पुर्याएको योगदानको मुल्यांकन हुने बताए।
प्रमुख अतिथि चन्द्रमान बज्राचार्यले सिथिल अवस्था पुगेको साहित्यिक कार्यक्रम पुन जीवन दिएकोमा प्रशान्त र रिदेन लगायत सम्पूर्ण अभियान्ताहरुलाई धन्यवाद दिँदै अन्य साहित्यकारहरुको पनि सम्झने कार्यक्रम गर्नुपर्ने बताए ।