विशाल बस्नेत
महोत्तरी । बर्दिवास मेडिकल कलेजको विषयमा सर्वोच्च अदालतको अन्तिम सुनुवाइ नजिकिँदै गर्दा कलेज निर्माणस्थल महोत्तरीमा भने अनेक टिक्काटिपणी सुरु भएका छन्।
मधेश प्रदेशको मध्यविन्दु बन्नेगरी बर्दिबास नगरपालिकामा प्रस्ताव गरिएको मेडिकल कलेजलाई लिएर स्थानियस्तरमा नै आरोप -प्रत्यारोप बढेका हुन् ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले मेडिकल कलेजका नाममा गलत अफवाह फैलाइएको बताएका छन् ।
सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित बनाउने गरि नगरप्रमुख नै लागिपरेको भन्ने आरोपको प्रमुख क्षेत्रीले खण्डन गरेका छन्।
पर्यावरण अभियन्ता देवनारायण महतोले रुखहरु काटिने कारण देखाउँदै हालेको रिटमाथी सर्वोच्च अदालतले ११ फाल्गुन, २०७८ मा अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछी १५ औं पटकसम्म चलेको पेशी तारेक सकिएसगैँ अदालतले २७ चैत्रमा फैसला सुनाउँदै छ । यही बीचमा प्रस्तावित ठाउँमा मेडिकल कलेज बनाउन नगरप्रमुख क्षेत्रीले नै चलखेल गरिरहेको आरोप लागिरहेको बेला उनले यस्तो प्रष्टिकरण दिएका हुन्।
`प्रस्तावित ठाउँमा नै मेडिकल कलेज बनाउन हामीले कार्यापालिकाबाट निर्णय गरिसकेका छौँ ।` उन्ले भने,` सोही निर्णयलाइ हामीले मेडिकल कलेज पूर्वाधार निर्माण आयोजनालाइ पठाइसकेका छौँ।´
पत्रकारहरुसगँको भेटमा नगरप्रमुख क्षेत्रीले प्रस्तावित जग्गाको वरपर जग्गा किनेर बसेका भुमाफियाहरुले उक्त अफवाह फैलाएको भन्दै आक्रोश व्यक्त गरे ।
मधेश प्रदेश कै गौरव वोकेको मेडिकल कलेजलाइ प्रस्तावित ठाउँमा बनाउन नदिन केही तत्वहरु लागिपरेको बताउँदै नगरप्रमुख क्षेत्रीले हैसियत मासिएको वन क्षेत्रमा नै मेडिकल कलेज बन्नुपर्ने अडान लिएका छन्।
३० अर्व बजेट लाग्ने अनुमान गरिएको मेडिकल कलेज निर्माणको पारम्भिक चरणमा नै यसअघि डिपिआरदेखि कार्यालय खर्चसम्म आइपुग्दा ६ करोड भन्दा बढी खर्च भैइसकेको छ ।
`मेडिकल कलेज बनाउदा पनि हामीले हरित मेडिकल बनाउनुपर्छ भनेका छौँ।´ नगरप्रमुख क्षेत्रीले भने ।
रुखहरुको बदलामा नगर क्षेत्रमा १ लाख ५० हजार बिरुवा रोप्ने पनि आफूहरुले प्रतिबद्धता जनाइसकेको नगरप्रमुख क्षेत्रीको दाबी छ ।
बर्दिबास नगरपालिका वडा न.४ स्थित माइस्थान सामुदायिक वनभित्र करिव ४९ हेक्टर क्षेत्रमा निर्माण प्रक्रियाको लागि डिपिआर समेत तयार भएको थियो ।
वातावरणिय प्रभाव मुल्यांकन सकिसकेको उक्त क्षेत्रमा १ हजार ९ सय ६७ रुख काटिने उल्लेख भएतापनी डिपिआर निर्मणको लागी परामर्श सेवा प्रदायक संस्था जेभिले भने निर्माणस्थलमा २ सय पनि रुख नकाटिने उल्लेख गरेको छ ।
स्वतन्त्रबाट निर्वाचित भएकै कारण आफू राजनिती दलहरुको घेरावन्दिमा परेको नगरप्रमुख क्षेत्रीको आरोप छ । उनले बर्दिबासको विकासमा आफू जुनसुकै दलसगँ सहकार्य गर्ने तयार रहेको पनि बताए ।
तर विकास निर्माणका कामहरुलाइ अवरोध पुग्नेगरी कोहीपनि लाग्न नहुने र नलाग्न नगरप्रमुख क्षेत्रीले आग्रह गरेका छन्।