चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बन्नेमा ढुक्क हुन आग्रह गरेकी छिन् ।
विहीबार नेपाल र यूएईबीचको खेल हेर्न त्रिवी क्रिकेट मैदान पुगेकी दाहाल लाई समर्थकले गौतमबुद्ध रंगशाला कहिले बन्छ भनेर सोधेका थिए।
समर्थकको जिज्ञासालाई सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै दाहालले केही दिन भित्रनै खुशीको खबर सुन्न पाइने वताएकी हुन् ।
उनले लेखेकी थिइन, ‘ढुक्क हुनुस भरतपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय कृकेट स्टेडियम बन्छ । केहिदिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ।’मेयर दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा खेल हेर्न जादा खेलाडीहरुले दिदी हामीलाई स्टेडियम चाहियो,छिटो बनाईदिनु पर्यो भनेको र त्यो माहोल,दर्शक र खेलाडीहरुको उत्साहले मलाई भावुक बनायको र मलाई रगंशाला बनाउन थप उर्जा र प्रेरणा मिलेको वताएकीछन।
रगंशाला बनाउने संकल्प लिएको बताउदै मेयर दाहालले भनिन्, ‘प्रधानमन्त्री लाई कुरा गरेको छु,अव कुनै पनि हालतमा हामी रगंशाला बनाउछौं, अवको मन्त्री परिषदको बैठकले यस बारेमा विषेष निर्णय लिनेछ, ढुक्क हुनुस भरतपुर मा गौतम बुद्ध अन्तराष्ट्रिय कृकेट स्टेडियम बन्छरुअवको केहिदिनमा खुशीको खबर सुन्न पाउनुहुनेछ।’ चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले संघीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने बताइन् । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रंगशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेसनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।
भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो । दाहालका अनुसार सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रंगशालाको काम गर्न लागिएको हो । उनले भनिन्, “रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो ।”
खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययन समेत गराएको छ । सो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ ।
दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर संघीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदै छ । यो रंगशाला यहाँ निर्माणका लागि पहलकदमी गर्ने तत्कालीन चितवन क्षेत्र नम्बर–३ का सांसद समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले प्रधानमन्त्री छन् । जिल्लामा रंगशाला स्थापनाकालदेखि नै उनको पहलकदमी रहेकाले यसलाई टुंगोमा पु¥याउन प्रधानमन्त्री दाहालको समेत चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुंगो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षबाट बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने प्रमुख दाहालको भनाइ छ।