लमजुङ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ विवरणअनुसार लमजुङको जनसंख्या १ लाख ५५ हजार ८५२ रहेको छ । २०६८ सालको जनगणनाअनुसार लमजुङको जनसंख्या १ लाख ६७ हजार ७ सय २४ रहेको थियो ।
पालिकागत रुपमा हेर्दा सबैभन्दा बढी जनसंख्या बेंसीशहर नगरपालिकामा र सबैभन्दा कम जनसंख्या क्व्होंलासोथार गाउँपालिकामा रहेको छ ।
जिल्लाको कुल जनसंख्यामा महिलाको जनसंख्या बढी रहेको छ । जिल्लामा ७ हजार ७ सय २८ ले महिलाको जनसंख्या बढी रहेको छ ।तथ्यांकअनुसार महिलाको संख्या ८१ हजार ७ सय ७५ र पुरुषको जनसंख्या ७४ हजार ७७ जना रहेको छ ।
यसैगरी सबैभन्दा बढी साक्षरता दर सुन्दरबजार नगरपालिकामा रहेको ८१।४० प्रतिशत रहेको छ भने कम साक्षरता दर क्व्होंलासोथार गाउँपालिकामा ६७।६५ रहेको छ । सबैभन्दा बढी जनघनत्व सुन्दरबजार नगरपालिकामा ३७५ र कम जनघनत्व मर्स्याङ्दी गाउँपालिकामा २९ रहेको छ ।
१० वर्ष पछि आईपुग्दा जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक रहेको देखिएको छ । जिल्लाको बार्षिक जनसंख्या बृद्धिदर माइनस ०.७० प्रतिशत रहेको छ । वि।सं। २०६८ को जनसंख्या भन्दा २०७८ को जनसंख्या ११ हजार ८ सय ७२ कम देखिएको हो ।
जिल्लागत रुपमा हेर्दा जम्मा परिवार संख्या ४४ हजार १७० रहेको छ । २०६८ सालको जनगणनामा परिवार संख्या ४२ हजार ७९ रहेको थियो । यसैगरी जनगणनाको तथ्यांक अनुसार जिल्लामा परिवारको औषत आकार ३।५३ जना रहेको छ । यस तथ्यांकले जिल्लामा संयुक्त परिवार भन्दा एकल परिवार संख्या बढी भएको देखिन्छ । लैङ्गिक अनुपात भने ९०.५९ रहेको छ ।
त्यस्तै जिल्लाको साक्षरता दर ७०.२३ रहेको तथ्यांकमा उल्लेख छ । जसमध्ये पुरुषको साक्षरता दर ८५.६४ र महिलाको साक्षरता दर ७७.४९ रहेको छ । जिल्लाको जनघनत्व भने ९२ रहेको छ । लमजुङमा जनगणनाको समयमा संस्थागत जनसंख्या १ हजार ५ सय २२ रहेको तथ्यांकमा उल्लेख गरिएको छ । संस्थागत जनसंख्या भन्नाले सेना, प्रहरी, होस्टेल, आश्रममा बसोबास गर्ने वा अन्य संस्थागत रुपमा बसोबास गरेको जनसंख्यालाई बुझिन्छ ।
जिल्लामा सबैभन्दा बढी बेंसीशहर नगरपालिकाको रहेको छ । बेंसीशहर नगरपालिकामा १७ हजार ८ सय ७९ महिला र २० हजार ३५३ महिला गरी कूल ३८ हजार २ सय ३२ जनसंख्या रहेको छ । बेसीशहरको परिवारको औषत आकार ३.४६ र जनघनत्व ३०० रहेको छ । वेसीशहर नगरपालिकाको साक्षरता दर ८१.१३ प्रतिशत रहेको छ ।
यसैगरी सुन्दरबजार नगरपालिकामा १२ हजार ५ सय ११ पुरुष र १४ हजार ५ सय ३२ महिला गरी २७ हजार ४३ जनसंख्या रहेको छ । सुन्दरबजारमा परिवारको औषत आकार ३.४५, जनघनत्व ३७५ र साक्षरता दर ८१.४० रहेको छ । मध्यनेपाल नगरपालिकाको जनसंख्या १० हजार ७६ पुरुष र ११ हजार ८९५ महिला गरी २१ हजार ९ सय ७१ रहेको छ । मध्यनेपालमा परिवारको औषत आकार ३.४२, जनघनत्व १९३ र साक्षरता दर ७८.९४ रहेको छ ।
यस्तै राईनास नगरपालिकामा ८ हजार २ सय २ पुरुष र ९ हजार २०० महिला गरी कूल जनसंख्या १७ हजार ४०२ रहेको छ । राईनासमा परिवारको औषत आकार ३.५१, जनघनत्व २४२ र साक्षरता दर ७६.०७ प्रतिशत रहेको छ ।
मर्स्याङ्दी गाउँपालिकाको जनसंख्या १७ हजार ८० रहेको छ । जसमध्ये पुरुषको संख्या ८ हजार ३ सय ३० र महिला ८ हजार ७५० रहेको छ । मर्स्याङ्दीमा परिवारको औषत आकार ३.७५, जनघनत्व २९ र साक्षरता दर ७२.२१ प्रतिशत रहेको छ ।
यस्तै दोर्दी गाउँपालिकामा ७ हजार ७ सय ७२ पुरुष र ८ हजार २७८ महिला गरी जम्मा १६ हजार ५० जनसंख्या रहेको तथ्यांकमा उल्लेख छ । यस पालिकामा परिवारको औषत आकार ३.५५, जनघनत्व ४६ र साक्षरता दर ७४.४९ रहेको छ ।
दूधपोखरी गाउँपालिकाको जनसंख्या ८ हजार ५ सय ९२ रहेको छ । उक्त पालिकामा ४ हजार १ सय ७९ पुरुष र ४ हजार ४१३ महिलाको संख्या रहेको छ । यस पालिकामा परिवारको औषत आकार ३।४८ र साक्षरता दर ६९.७२ प्रतिशत रहेको छ ।
क्व्होंलासोथार गाउँपालिकामा ३ हजार ८ सय ४१ पुरुष र ४ हजार १ सय १९ महिला गरी ७ हजार ९ सय ६० जनसंख्या रहेको तथ्यांकमा उल्लेख छ । यस पालिकामा परिवारको औषत आकार ३।५० र साक्षरता प्रतिशत ६७.६५ रहेको छ ।
यसपटक राष्ट्रिय तथ्यांक विभागले जातजाति, भाषा र धर्म सम्बन्धी विवरण सार्वजनिक गरेको छैन । जनसंख्याको मुख्य अवयव, भाषा, जातजाति र धर्मको विबरण नआउँदा तथ्यांक अपूरो मानिएको छ । यद्यपी यी तथ्यांकहरु संवेदनशिल रहेको र केहि निवेदन आएको बताएको छ । नेपालमा जातजातिका आधारमा सरकारी सेवामा आरक्षणको सुविधा छ । सोही कारण सकेसम्म कम विवाद हुने गरी तथ्यांकहरु ल्याउने गरी कार्यालयले जनजाति आयोग, मुस्लिम आयोग, दलित आयोग तथा सरोकारवाला संघसंस्थासँग समेत कार्यालयले थप छलफल गर्ने बताएको छ ।
जनगणना २०७८ को तथ्यांक अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको तथ्यांक सार्वजनिक भएको हो ।