काठमाडौं। नेपाल जग्गा तथा आवास विकास महासंघले अहिलेसम्म घरजग्गा क्षेत्रमा साढे ५ खर्ब रुपैयाँ लगानी भएको जानकारी दिएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले यो १४ वर्षको अवधिमा साढे ५ खर्ब लगानी भएको जनाएको हो।
महासंघका अध्यक्ष भेषराज लोहनीले यो लगानी अपेक्षितभन्दा न्यून रहेको बताए।
महासंघले जग्गाको मूल्य र कर्जा धितोको अनुपात बढाउन पनि माग गरेको छ ।
महासंघले सरकारसँग राखेको ६ बुँदे माग
–हामीले लामो समयदेखि एकल अंकको ब्याजदर कायम गर्न र सकेसम्म ब्याज क्यापिटलाइज्ड गर्नुपर्ने विषयलाई मुख्य रुपमा उठाउँदै आएका छौं । जग्गाको मूल्य र कर्जा धितोको अनुपात बढाउनुपर्ने ।
–भू–उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउनुपर्ने ।
–सरकारबाट लाइसेन्स प्राप्त ब्रोकरहरु मार्फत मात्रै घरजग्गा खरिदबिक्री गर्ने कानूनी व्यवस्था गर्नुपर्ने । त्यस्तै, रियल इस्टेट व्यवसायीहरुलाई पनि लाइसेन्सको व्यवस्था गरी नियमन गर्नुपर्ने । सरकारबाट लाइसेन्स लिएका व्यवसायीहरुले मात्रै देशभर घरजग्गाको विकास, विक्रीलगायत काम गर्न पाउनुपर्ने ।
–जग्गा एवं सामूहिक प्रयोगको क्षेत्रको स्वामित्व हस्तान्तरणको विषय पनि समस्याको रूपमा रहदै आएको छ । यसको समाधान हुनुपर्ने ।
–विदेशीले नेपालमा अर्पाटमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्ने विषयमा पनि ध्यानाकर्षण होस् । सरकारले आफ्नो वार्षिक बजेटमार्फत यो विषयलाई सम्बोधन गरेको भएपनि आवश्यक कानूनी सहजीकरण नगर्दा विषय कार्यान्वयन हुन सकेको छैन् । विदेशी मुद्रा सञ्चितिमा यो व्यवस्थाले ठूलो भूमिका निर्वाह गर्न सक्ने भएपनि यसको कार्यान्वयन गरिनुपर्ने ।
६० महासंघले व्यवस्थित बसोबास तथा सहरीकरणसम्बन्धी आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिने विषय र ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै ठूलाठूला सहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने ।