काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निवार्चन हुदैँछ । उद्योगी व्यवसायीको छाता संस्था महासंघको ५७ औं साधारणसभाले महासंघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुन लागेको हो ।
यस महासंघको साधारणसभाको हिजो उदघाटन भएको थियो। हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिद्यानत स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आजबाट निर्वाचन हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईले उम्मेदवारी दिने यस अघि नै घोषणा गरिसकेका छन। यसरी निर्वाचित हुने महासंघको बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।
साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।
यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिवाट १९ जना र जिल्लावाट ७ जना सदस्य केन्द्रिय कार्यसमितिमा नयाँ नेतृत्व आउनेछ ।
महासंघको वस्तुगत तर्फको उपाध्यक्षमा निर्माण व्यवसायी सकुन्तलाल हिराचनले उमेदवार दिएका छन्। हिराचन निर्माण व्यवसायी महासंघको दुई कार्यकाल अध्यक्ष र दुई कार्यकाल महासचिव भएर काम गरिसकेका छन् भने उद्योग बाणिज्य महासंघमा पाँच कार्यकाल कार्यकारिणी सदस्य एक कार्यकाल कोषाध्यक्ष भइ काम गरिसकेका छन्।