काठमाडौं। निर्माणाधीन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग समयमा पूरा नहुने भएपछि १ वर्ष म्याद थप भएको छ ।
सम्झौता अनुसार जापानिज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेसनले २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा आयोजना पूरा नहुने भएपछि सरकारले आगामी २५ अप्रिल २०२४ सम्मका लागि समय थप गरेको छ । सुरङमार्ग छेड्ने काम समयमा पूरा नहुने भएपछि निर्माण कम्पनीले समय थप गर्न माग गरेबमोजिम १ वर्ष म्याद थप भएको नागढुङगा सुरुङमार्ग आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए ।
उनले भने, “सुरुङ खन्ने काम ८० प्रतिशत पूरा भएकोे छ । १ वर्ष म्याद थप भएको छ थपिएको समयसीमा भित्र सुरङ छेड्ने काम पूरा निर्माण कम्पनीको जनाएको छ ।” समय निर्माण पूरा नहुने भएपछि निर्माण कम्पनीले १ वर्ष म्याद थपको प्रस्ताव९३ महिना कोभिड–१९को०सहित गरेर प्रस्ताव गरेको थियो । आयोजनाले प्रगती विवरण जारी गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ९ सय ५३।२० मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।”
आन्तरिक केही समस्या नआए आयोजना आगामी सन् २०२४ को अक्टोबरमा सञ्चालनमा ल्याउने तयारी भएको भएपनि पछिल्लो समय सुरुङ खन्दा प्राविधिक समस्या देखिएपछि गतिमा काम हुन सकेको छैन । तर देखिएका प्राविधिक समस्या समाधान गर्दे सुरुङ खन्ने काम भइरहेको जनाइएको छ । अप्रिलमा निकासी सुरुङ पूरा गर्ने, अगस्टमा मुख्य सुरुङमार्गको ब्रेक थ्रु गर्ने योजनासहित सुरुङ खनिएको भएपनि पछिल्लो समय सुरुङ साँघुरिने समस्या देखिएको आयोजनाले जनाएको छ ।
देखिएका समस्या समाधन गर्दै सुरुङ खन्ने काम भने जारी रहेको जनाइएको छ । सुरुङ छेडेको थप ६ महिनामा फिनिसिङ भएर सञ्चालनमा ल्याउने योजना रहेको छ । आयोजनाले गएको महिना कुल ७६।३०० प्रतिशत काम पूरा भएकोे थियो । निकासी सुरुङमार्गको २५ सय ५७ मिटर मध्ये २ हजार २ सय ५८ मिटर सुरुङ खन्ने काम पूरा भएको छ । ओर्किङ अडिट १ सय २६ मिटर पूरा भएको छ भने क्रस प्यासेज, १ सय २८ मिटर र क्रस प्यासेज १ सय २८ मध्ये ८६ मिटर पूरा भएको छ ।
आयोजनाको कुल भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ, भने वित्तीय प्रगति ५० प्रतिशत पूरा भएको जनाएको हो । मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ । सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ)कोकाम समेत तीब्रताका साथ अघि बढाएको छ । हालसम्म मुख्य, सहायक सुरुङ, बोर्किङ अडिट सुरुङ खन्ने काम सम्पन्न भएको छ ।
२०७७ पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाईको सुरुङमार्गको शिलान्यास गरेका थिए । लम्बाई २.६८ किमी, चौडाई ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाई २.३२ किमी, पश्चिम लम्बाई ०.५६५ किमी निर्माण हुने छन् । करिब ४० महिनामा आयोजनाको ८० प्रतिशत मात्र सुरुङ खन्ने काम पूरा भएको छ ।
कार्यतालिका अनुसार सुरुङमार्गले गति नलिएपछि म्यद थप भएको समयमा पनि आयोजन पूरा नहुने अनुमान गरिएको छ । नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । सम्झौता अनुसार काम सुरु गरेको ४२ महिनाभित्र अयोजना समापन गर्ने उल्लेख छ । तर कोभिड–१९ का केही महिना ढिलाई भएपछि ३ महिना थप गरेको आयोजनाको समय सीमा ४५ महिना तोकिएको थियो । कोभिड १९को ३ महिना सहित गरे १ वर्ष थप हँदा ५४ महिना हुन्छ ।
यस अघिको समय सिमा अनुसार आगामी २६ जुलाई ०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो । अर्थ मन्त्रालयबाट बजेट विनियोजन नहुदाँ आयोजनाको मुअब्जा वितरण गर्न पनि २५ करोड रुपैयाँ बाँकी रहेको छ। कारोबार दैनिकबाट