गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवामा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्राविधिकका अनुसार विमानस्थलको भौतिक काम ९८ प्रतिशत र बितीयको काम ७७ प्रतिशत भईसकेको छ । आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार विमानस्थलमा प्राविधिक कामहरु थोरै मात्र बाकी भएको कारणले गर्दा १० दिनमा नै थाइल्याण्डको एरोथाइ कम्पनिबाट प्राविधिकहरु पठाएर विमान्स्थलको सबै काम सम्पन्न हुनेछ ।
टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग सम्बन्धी कामहरु फर्निसिङ्सका कामहरु बाँकी रहेको उक्त आयोजनाका प्राविधिकले बताउनु भयो । कोरोना भाइरसका कारणले गर्दा प्राविधिकलाई थाईल्याण्ड सरकारले नेपाल आउन नदिएकोले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरीएका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने काम रोकिएको आयोजनाका प्राविधिकले बताउनु भयो ।
उक्त आयोजनाका प्राविधिकका अनुसार सरकारले प्रविधिक सम्बन्धी सम्पुर्ण कामहरु सम्पन्न गर्नको लागी थाईल्याण्ड सरकारसँग कुटनीतिक पहल गर्न थालेको छ ।
२ वटा प्याकेजमा ठेक्का सम्झौता पाएको उक्त आयोजनाको मुख्य भौतिक संरचना निर्माणको काम लगभग सम्पन्न भइसकेको छ भने केही प्राविधिक कामहरु मात्र बाँकी रहेका छन् । पहिलो प्याकेज चिनियाँ कम्पनी नर्थ वेश सिभिल एभिएसन एयरपोर्ट कन्सट्रक्सन समुहले गरेको थियो , उक्त प्याकेजलाइ आइसीपी जिरो वान पनि भनिन्छ , यस सम्बन्धी धेरै कामहरु सम्पन्न भइसकेको र टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फिनिसिङ्सका कामहरु मात्र बाँकी रहेको छ । आयोजनाको कामहरु एक दुई वटा मात्र सम्पन्न नभएको भएतापनि सामान्य रुपमा हेर्दा सबै कामहरु अन्तीम चरणमा रहेका छन् । रोकिएका साना कामहरुलाई सम्पन्न गर्नको लागी पनि विभिन्न चरणमा एथोराई कम्पनिसँग छलफल भईरहेको छ । थाइल्याण्डबाट ल्याउने वातावरण सहज भएन भने अरु कुनै देशबाट भएपनि ल्याउन सकिन्छ कि भनेर सरकार अगाडी बढीरहेको छ ।
हाल बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ सानो भएको जसले ४ सय सेवाग्राहीलाई मात्र सेवा प्रदान गर्न सक्ने भएको कारणले गर्दा अन्तर्राष्ट्रि विमानस्थलका लागि यो अपुग हुने भएकोले नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा छलफल भईरहेको आयोजनाका प्राविधिकले बताए । हालको अवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउन सकेमा १० दिन भित्रमा नै काम सम्पन्न हुनेछ ।
आयोजनाका प्राविधिकका अनुसार नयाँ ‘टर्मिनल बिल्डिङ रिलेटिभको लागी लगभग डिजाईनहरु अन्तीम चरणमा पुगेको होला , बाँकी रहेका सम्पुर्ण कामहरु अगाडी बढेपछि मात्र काम शुरु कहिले बाट हुन्छ भन्ने कुराहरु थाहा पाउन सकिन्छ ।
विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नस्क्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको आयोजनाका प्राविधिकले बताए । विमानस्थलमा क्यालिब्रशन फ्लाइट भएको लगभग तीन महिनापछि मात्र अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ । क्यालिब्रेशन फ्लाइट राडर र फ्लाइट प्रणाली को तथ्यांक चेकजाँचको लागी गरिने आयोजनाका प्राविधिकले बताए ।