गुल्मी। पछिल्लो समय रेसुंगा क्षेत्रको भौतिक विकासमा नयाँ आशा पलाएको छ। हाल रेसुंगा पोखरीसम्मको सडक कालोपत्रेको काम भइरहेको छ। त्यस्तै पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म आधुनिक र आकर्षक सिँढी निर्माण गरिएको छ। साथै यज्ञशाला, पोखरी र सानो रेसुंगामा थुप्रै महत्वपूर्ण संरचना निर्माण भएका छन्।
गतवर्षदेखि पोखरी क्षेत्रमा संचालन भएको सुविधा सम्पन्न पौवा रिर्सोटले रेसुंगामा पर्यटकको संख्यामा वृद्धि भएको छ। हाल रेसुंगाको गर्जुरामा आकर्षक पर्यटकीय पार्कको शिलन्यास भएको छ। ५ करोड ५९ लाख ५३ हजारको लागतमा तम्घास र रेसुंगाको बीचमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ निर्माण हुने भएको छ। तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा गर्जुरा पर्यटकीय पार्क निर्माण गरिने रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारी दिएका छन। पार्क क्षेत्रभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय र टिकट काउन्टर निर्माण गरिने उनले बताका छन।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा सो पर्यटकीय पार्क बन्न लागेको हो। पार्क निर्माणको लागि नागरिक उडड्ययन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ। पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिजा जेभी तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको नगरपालिकका सूचना अधिकारीले जानकारी दिएका छन। त्यस्तै सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ साल फागुन ३० गते काम सम्पन्न गर्नुपर्नेछ।
पार्कको रेसुङ्गा नगरपालिकाका मेयरले शिलान्यास गरेका हुन। पार्क शिलान्यास गर्दै मेयरले आफूहरू निर्वाचित भएपछि प्राथमिकता दिएका कृषि, पर्यटन र खानेपानीको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको जानकारी गराए। उनले मझेङ बृहत खानेपानीसहित, लिफ्ट र डिब बोरिङमार्फत नगरवासीको खानेपानी समस्या समाधानदेखि कृषकलाई अनुदान, उत्पादनको बजारीकरण, बिउ, मल र औजारमा सहुलितको काम गरिएको जानकारी गराएका छन। त्यस्तै पर्यटन विकासको लागि गर्जुरा पार्क, रेसुंगा, अर्जुन, उनायचौरसहित वडाहरूमा थुप्रै भौतिक संरचना निर्माणको काम गरिएको उनको भनाइ रहेको छ।