काठमाडौं। नेपाल भाषाको ‘सुकुन्दा’ वार्षिक पत्रिका प्रकाशन हुने भएको छ। शुक्रबार प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा प्रशान्त डंगोलको अध्यक्षतामा बसेको सुकुन्दा साहित्य पा:ला: को बैठकले सुकुन्दा साहित्यीक पत्रिकाको यस वर्षको अंक प्रकाशन गर्ने निर्णय गरेको हो।
रत्न राज्य लक्ष्मी क्याम्पसको साहित्यिक मुख पत्रिका ‘सुकुन्दा’ दशैं र तिहारको बीचमा प्रकाशनमा ल्याउने निर्णय भएको यस साहित्य पालाका अध्यक्ष समेत रहेका डंगोलले जानकारी दिए।
बैठकमा शिक्षक प्रा.डा चन्द्रमान बज्राचार्य, सृमिला सुवाल, योगेन्द्र राजकर्णीकारको संयुक्त सल्लाहकार मण्डल गठन गरिएको छ।
शिक्षक प्राडा चन्द्रमान बज्राचार्यले यो ऐतिहासिक पत्रिका भएकोले यो पत्रिका गुणस्तरीय रुपमा प्रकाशनमा ल्याउन सम्पूर्ण नेपालभाषा अध्ययनरत विद्यार्थीले सहयोग गर्नु पर्ने र आफूले पनि विद्यार्थीलाई आवश्यक हुने सहयोगी लेख रचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शिक्षिका सृमिला सुवालले यो विद्यार्थीको प्रतिभा देखाउने उत्तम माध्यम भएकोले सम्पूर्ण विद्यार्थीलाई आ–आफ्नो प्रतिभा देखाउन अनुरोध गरिन्। उनले सुकुन्दा प्रकाशनमा आफूले आवश्यक सरसहयोग प्रदान गर्दै आइरहेको र आगामी दिनहरुमा पनि आवश्यक सरसहयोग प्रदान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्। विद्यार्थीका लागि पुस्तक अभाव मुख्य समस्या भएकाले यस विषयमा आफूले कलम चलाउने उनको भनाइ छ।
शिक्षक योगेन्द्र राज कर्णिकारले धेरै वर्षको अन्तरालपछि सुकुन्दाले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्दै सम्पादनमा आफूले आवश्यक सरसहयोग गर्ने प्रतिबद्धता जनाए।
पास् लाका अध्यक्ष प्रशान्त डंगोलले सुकुन्दा साहित्य पास् लास् इतिहास बोकेको पत्रिका भएकोकोले यस्लाई पुन: जीवन दिन आफूहरु लागेको बताउँदै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिएका छन्।
रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले रत्न राज्यको साहित्यिक मुख पत्रिकामा आ–आफ्नो प्रतिभा सीप, अनुभव प्रस्फुटन गर्ने उचित माध्यम रहेकोले समय सान्दर्भिक लेख रचनाहरु प्रदान गर्न समेत अध्यक्ष डंगोलको आग्रह छ। विद्यार्थीको प्रतिभालाई तिखार्दै लैजाने उद्देश्यले आफूहरुले सुकुन्दा साहित्य पास्लास् धेरै वर्षको अन्तराल पछि पुनस् स्थापना गरेर ७ अौं अंक प्रकाशनमा ल्याएको र अब ८ अौं अंक प्रकाशनमा ल्याउन लागेको जानकारी दिए।
दुई दशक अघिदेखि प्रकाशन हुन नसकिरहेको सुकुन्दा साहित्य पा:ला: गत मंसिरमा अध्यक्ष डंगोलकै नेतृत्वमा पुन स्थापना गरिएको थियो।