काठमाडौं। काठमाडौं महानगरपालिकाका जनप्रतिनीधिले २१ वटै वडामा सरसफाइ गरेका छन्। शनिबार आफूहरुले पद बहाली गरेको एक वर्षका अवसरमा ३२ वटै वडामा सरसफाइ गरेका हुन्।
वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, ६ र ७ मा सरसफाइ गरिएको छ।
त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिषर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइक गरिएको काठमाडौं महानगरको वातावरण विभागले जनाएको छ।
यस्तै महानगरको वडा नं १७ डल्लु पुल, १८ को कार्यालय परिषर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान, २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यङ्गाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को कमलादी गणेश स्थान, २९ को ढुङ्गेधारा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय–भीमसेन गोला तथा वडा नं ३२ को कोटेश्वर चोकमा सरसफाइ गरिएको छ।