काठमाडौं। एकै पटक २३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै २३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।
ती कम्पनीलाई एक देखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। कालोसूचीमा परेका कम्पनीहरुले तोकिएको अवधिसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने समेत कार्यालयले सूचनामा उल्लेख गरेको छ।
कलेज अफ इम्प्लोइमेन्ट प्रालि भरतपुर चितवन तीन वर्षका लागि कालोसूचीमा परेको छ भने पप्पु कन्स्ट्रक्सन र कोशी एण्ड न्यौपाने निर्माण सेवा २ वर्षका लागि र वाईपी कन्स्ट्रक्सन एक वर्ष ६ महिनाका लागि कालोसूचीमा परेका छन्।
सप्तकोशी जलाधार कम्पनी, ओम साई एन्ड कम्पनी एक वर्ष ३ महिनाका लागि कालोसूचीमा परेका छन् भने अन्य बाँकी कालोसूचीमा पर्ने कम्पनीहरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको कार्यालयले जनाएको छ।
एक वर्षसम्म्का लागि कालाेसूचीमा परेका कम्पनीहरूमा आकृति एडभर्टाइजिङ, थाक ठिनी इन्जिनियरिङ, एसियन हाइटेक कन्स्ट्रक्सन चन्दन एण्ड हरिओम कन्स्ट्रक्सन, गौतम ऋषि कन्स्ट्रक्सन, फैसल एण्ड अफजल कन्स्ट्रक्सन रहेका छन्।
यसैगरी गितान्जली सिंह खुशी जेभी, कमोद कन्स्ट्रक्सन, रुबी कन्स्ट्रक्सन, एचडी इन्टरप्राइजेज, हिरालाल कन्स्ट्रक्सन, जय माँ वैष्णो देवी कन्स्ट्रक्सन, शिरिस कन्स्ट्रक्सन, सुप्रभात-शुभ अविप जेभी, सर्जिकेम डिस्ट्रिब्युटर्स, टोनिका कन्स्ट्रक्सन, त्रिजोन कन्स्ट्रक्सन र युमन निर्माण सेवालाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ।
सूचन