मुगु । रारा ताल नेपालको सबै भन्दा ठुलो ताल हो । यस ठाउँमा धेरै पर्यटकहरु घुम्नको लागी आउने गर्छन् तिनै पर्यटकहरुलाई मध्येनजर गरी लगभग एक करोड भन्दा बढि लगानीमा राराको मुर्मा टपमा ‘रारा ईको रिसोर्ट’ बन्न लागेको छ। बन्न लागेको उक्त रिसोर्टका संचालका अनुसार निर्माणको कामहरु सुरु भईसकेको छ।
पर्यटकहरुलाई खान र बस्नको लागी कुनै अभाव नहोस् भन्ने उद्धेश्यले सो रिसोर्ट बनाउन लागीएको हो । मुर्मा टपमा दैनिक सयौं घुम्न आउने पर्यटकलाई खाजा , खाना , बास र पानी जस्ता कुराको समस्या भएको अवस्थामा उक्त रिसोर्टको निर्माण पश्चात यस्ता समस्याहरु हट्ने रिसोर्ट संचालकले बताए । उनका अनुसार हाल राराको मुर्मा टपमा रारा पुग्ने पर्यटकहरुको संख्यामा लगभग ९० प्रतिशत पर्यटकहरु मुर्मा पुगीसकेपछि मुर्मा टप नपुगी फर्कनु रारा यात्रा पर्यटकको लागी अधुरो हुने भएकोले गर्दा पर्यटकको सेवाको लागी सुविधा सम्पन्न रिसोर्ट निर्माणमा लगानी गरेको हो।
रिसोर्टका संचालकका अनुसार छायाँनाथ, चुचेमारा, कोइकी हिमाल जस्ता धेरै ठाँउको दृश्यवलोकन र विहानको राराको सनराइज हेर्न सकिने गरी डिजाइन गरिएको सो रिसोर्ट राराकै सबै भन्दा सुविधा सम्पन्न रिसोर्ट हुनेछ। रारा तालको पुरै दृश्यवलोकन गर्न सकिने सो रिसोर्ट बनेपछि रारामा पर्यटकको बसाई अबधि लामो हुनेछ।
२०७५ सालमा रारा तालको किनारबाट खत्याडखोला जानेबाटोतर्फ लगभग ८०० मिटर टाढाँ माजघट्ट भन्ने ठाउँमा रारा मुर्मा नामक होमस्टे संचालन गर्दै आएका व्यवसायीका अनुसार होमस्टेमा दैनिक लगभग ५० देखि १०० जना पर्यटकलाई सेवा दिदै आएको र सो हामस्टे पनि रारा ईको रिसोर्टले करिब ३ रोपनी जग्गामा लगानी बढाएर नयाँ भवन २० कोठाको बनिने छ।
हाल २० वटा कोठामा बन्न लागेको रिर्सोट आबश्यक परेमा थप कोठाहरु भविष्यमा बढाउने व्यवसायीले बताए । १० रोपनी जग्गामा बन्न लागेको रिसोर्टमा स्थानीय काठ , माटो र ढुङ्गाको प्रयोगमा बनाइने छ । पुर्ण पारिवारिक वातावरणमा सेवा प्रदान गर्ने र अर्गानिक खानाहरुको स्वाद दिने कुरा बताउदै व्यवसायीले भने रारा ईको रिसोर्ट र होमस्टेको वृद्धिसंगै अब आउने दिनहरुमा करिब २०० देखी ३०० पर्यटकले सेवा पाउने छन् ।
उक्त व्यवसायी कर्णालीका युवा पर्यटन व्यवसायी हुन्। उनले कर्णाली र रारा क्षेत्रलाई मध्येनजर गरी जुनसुकै स्थानबाट रारा घुम्न ईच्छा भएका आन्तरिक तथा बाह्य दुबै पर्यटकलाई रारा टुर प्याकेज स्थलमार्ग र हवाई मार्गद्धारा घुमाउन रारा एड्भेन्चर ट्राभल्ससमेत सञ्चालन गरिरहेका छन् ।
हाल आन्तरिक र बाह्य दुबै पर्यटकको संख्या रारा तालमा बढेको छ । पर्यटकको संख्या बढेसंगै यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरु पनि उत्साहीत भएका छन् ।