भारतीय कम्पनीको प्राबिधिकको सहयोगमा निर्माण भईरहेको १८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट युरोपियन स्ट्यान्डर्डको जिपलाइन सुरु हुने भएको छ। रिसोर्ट र र्याफ्टिङ ब्यबसायमा झन्डै १ दशक अगाडी देखि निरन्तर रुपमा लागिरहेको कम्पनी रिभरफन वीच रिसोर्ट प्रालिले उक्त काम गरिरहेको छ। जुन जिपलाइनलाई पृथ्वी राजमार्गको चुमखोला देखि गोरखा बुट्टारमा रहेको रिभर फनको रिसोर्टसँग जोडिने छ। हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ।
उक्त जिपलाइन ५ सय मिटर लामो बन्ने छ जसमध्ये ४ सय मिटर भाग त्रिशुली नदिको माथि पर्ने छ, जसले गर्दा यो जिपलाईन नेपालको नमुना जिपलाइनभित्र पर्ने छ। त्यसैले गर्दा यो पर्यटकको लागि पनि आकर्षित केन्द्र बन्ने छ। नदिको माथि अधिकांश भाग पर्ने हुँदा यो अझ बढि रोमाञ्चित र साहासिक बन्ने छ जसले गर्दा पर्यटकहरु यस ठाउँमा अत्यधिक मात्रामा आउने संभावना रहेको छ।
यस जिपलाइनमा जिएल इयरक्राफ्टको समानान्तर २ वटा रोपहरु प्रयोग गरिने हुदा २ जना पर्यटकले एकैपटक खेल्न मिल्नेछ । त्यस्तै निर्माण भइरहेको जिपलाइनमा ८५ मिटर स्काइ रोप साइक्लिङ पनि निर्माण गरिने छ। नेपालमा स्काइ रोप साइक्लिङ पहिलो पटक निर्माण हुँदै छ जसले पर्यटकलाइ अझ बढि आकषिर्त गर्न सक्छ भन्ने विश्वास रहेको छ।
उक्त छेत्रमा किड्सको एड्भेन्चरको लागि पनि मिनि जिपलाइन, पिङ, रोपकोर्ष आीद निर्माण हुने छ। जिपलाइन निर्माण भइरहेको टावरको ३ वटा तलामा भने रिभर फन क्याफे सञ्चालको लागि तयारी भइरहेको छ। उक्त क्याफेमा अरु सामान्य राजमार्गमा रहेको क्याफेमा नपाइने आइटमहरुका साथै विभिन्न प्रकारको खानाको परिकारहरु स्वाद लिन पाइने छ। जसले गर्दा पनि त्याहाँ भ्रमणमा आउने पर्यटकहरुलाई अझ सहज वातावरणको ब्यबस्था हुने छ र अत्यधिक मात्रामा पर्यटकको आगमन हुनेछ जसले त्यस एरियाको मात्र नभएर देशकै अर्थतन्त्रमा टेवा पुग्ने छ।
जिपललाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख खर्च हुने आकलन गरिएको उक्त निर्माण कार्य आउदो अङग्रेजि नयाँ वर्ष सुरुवात सँगै सञ्चालनमा ल्याउने तयारीमा रहेको छ।