काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यलयले विकास निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने तयारी गरेको छ। कार्यालयले १६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको हो।
कार्यलयले बुधबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारी गरिए अनुसार कालोसूचीमा राख्ने तयारी गरिएको जनाएको छ। यसरी सार्वजनिक निकायबाट कालोसूचीमा राख्न सिफारिस गरिएको निर्माण कम्पनीहरुलाई कार्यलयले ७ दिनभित्र लिखित स्पष्टिकरण माग गरेको छ।
कालोसुचीमा राख्न सिफारिस भएका निर्माण कम्पनीहरुमा नयाँ निर्माण सेवा, नव निर्माण विल्डर्स, अर्भान कन्स्ट्रक्सन, ब्लुवर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, इपिक कम्प्युटर्स ट्रेडर्सलाई सडक डिभिजन भक्तपुरलगायत कार्यलयले सिफारिस गरेका छन्।
यसैगरी, बुढाथोकी निर्माण सेवा, माबोहांग निर्माण सेवा, सम्रिद्ध निर्माण सेवा, जय भगवती निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन, त्रिवेणी निर्माण सेवा, एस कन्स्ट्रक्सन, बिकेबी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, चेतना कन्स्ट्रक्सन र जोशी विज हाउसहरुलाई कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायहरुले सिफरिस गरेको कार्यलयले जनाएको छ।