काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानलै विजयी भएको छ। कार्कीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन भएको हो ।
अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा ७ जना सदस्यको लागि मात्रै मतदान भएको थियो । त्यसमा पनि कार्की समूहबाट प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार विजयी भएका छन्।
इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, ५ जना उपाध्यक्षहरुमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन्। यसैगरी महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् । ५ जना सचिवहरुमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक तथा कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन् ।
१० जना सदस्य मध्ये ७ जना खुल्ला र ३ जना महिला सदस्य रहने व्यवस्था थियो । महिला सदस्य निर्विरोध निर्वाचित भएपनि ७ जना खुल्ला सदस्यमा भने १४ जना प्रतिस्पर्धामा थिए ।
सदस्यमा उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, भरतमणी नेपाल, विजय मोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन् ।