काठमाडौं। प्रतिनिधिसभा बैठकमा पूर्वी पहाडमा गएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराउने कार्य भइरहेको छ ।
जारी बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । साथै सांसद योगेश भट्टराईले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरसहितका पहाडी जिल्लामा गएको बाढीपहिरोबाट भएको क्षतिबारे सदनलाई गृहमन्त्रीले जानकारी गराउनुपर्ने माग गरे । साथै सडकको अवस्थाबारे पनि भौतिक पूर्वाधारमन्त्रीबाट सदनलाई जानकारी हुनुपर्ने उनको माग छ ।
सांसदद्वय दीपक खड्का र योगेश भट्टराईले शनिबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको र पीडितको उद्धार र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
बाढीपहिरोबाट २१ जना बेपत्ता भएका, ३ जनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको भन्दै उनीहरुले पीडितहरुको उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सांसख खड्काले संखुवासभामा १६ जना बेपत्ता भएका, तीनजनाको उद्धार गरिएको र एकजनाको मृत्यु भएको बताए। सांसद भट्टराईले ताप्लेजुङमा पाँचजना बेपत्ता भएका जानकारी दिए ।
सांसदद्वय खड्का र भट्टराई बाढीपहिरोले केही हाइड्रोपावर, सडकसहितको भौतिक संरचनामा क्षति पुगेको जानकारी दिए।