काठमाडौं। नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा महेश्वर गौतम विजयी भएका छन्। गौतमले आफ्ना प्रतिद्वन्दी दिलिप प्रकाश कार्कीलाई १८६ मतको अन्तरले पराजित गर्दै काठमाडौ शाखाको अध्यक्षमा निर्वाचित भएका हुन्।
गौतमले ३१५ मत ल्याउँदा उनका प्रतिस्पर्धी कार्कीले १२९ मत ल्याएका छन्। नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा नवनिर्वाचित गौतम नेपाल पत्रकार महासंघ काठमाडौंको वर्तमान सचिव समेत हुन्।
त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन्। उनले २८५ मत ल्याए भने उनका प्रतिस्पर्धी केशव पाण्डेले १५१ मत मात्र ल्याए।
नेपाल प्रेस युनियन काठमाडौं शाखाको ९औं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको हो।
अधिवेशनले ३४ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। अध्यक्ष र सचिव बाहेकका अन्य पदमा भने सर्वसम्मत भएको छ।
उपाध्यक्षमा रोमन आचार्य, महिला उपाध्यक्षमा श्रद्धा कोइराला, सचिवमा सन्तोष अधिकारी, सह–सचिवमा पुजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी,सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे,राजु थापा, प्रसन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान,मिन्साङ लामा,रमेश सेन्चुरी, विनिता क्षेत्री,मुना दाहाल, सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र केसिना ढकाल रहेका छन् ।