उपत्यकाको फोहोर बिसर्जन गर्न बञ्चरे डाँडामा तयार पार्दै आएको फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनि नसकि सरकारी निकायहरुले उक्त डाडाँमा फोहोर बिसर्जन गर्ने संरचना बनिसकेको छ अब फोहोर फाँल्न मिल्छ भनेपछि फोहोर फालीएको भनि स्थानीयले गुनासो गरेका छन्।
यसरी भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनिसकेको भनि गलत प्रचार गरिरहेको भन्दै यस बिषयमा स्थानीयहरु एकजुट भएर लागी पर्ने त्यहाँका एक स्थानीयले बताउनु भयो। उहाँका अनुसार सरकारले यस क्षेत्रका स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्ने , स्थानीयका ७ सय घरहरुको व्यवस्थापन गनुपर्ने लगाएतका धेरै मागहरु पुरा नभएसम्म यस डाडाँमा फोहोर फाल्न नदिने बताउनु भयो।
स्थानीयका अनुसार फोहोर व्यवस्थापन गर्नुपर्छ हामी सभ्य नागरिक भएको कारणले गर्दा यस्तो समस्या सरकारको मात्र नभइ हामी सबैको हो। तर प्रभावित क्षेत्रका जनताका ५ वटा मात्रै मागहरु र ७ सय घरहरुको व्यवस्थापन भएपछि मात्र हामि फोहोर फाल्न दिन्छौं। स्थानीयको रोजगारीको ग्यारेन्टी र फोहोरलाई उधोगको रुपमा परिवर्तन गनुपर्दछ। सिसडोलमा विग्रिएको बालीनाली लाई हेर्दा कोल्पो खोलो न्यूनीकरण अती आवश्यक पक्षमा रहेको छ। फोहोर पानीमा फालेपछि फोहोरको कारणले ज्याननै गुमाउनु परेको अवस्था छ यस्तो समयमा पनि सरकारले लापरबाहि गर्छ र हाम्रो माग पुरा गर्दैन भने फोहर फाल्न नदिने स्थानीयले बताए।
स्थानीयले भने फोहोरले असर पार्ने ठाउँसम्मको जग्गा सरकारले अधिग्रहण गरेको छैन हालको समयमा यसले समस्या नपुर्याएको भएतापनि भविष्यमा स्थानीयहरुलाई निकै समस्यामा पार्ने अवस्था सिर्जना हुनेछ । सरकारले स्थानीयसँग कागजी सम्झौंता गरेको भएतापनि कार्यान्वयनमा भने आउन सकेको छैन।
सिसडोलमा २५ महिनाको लागी मात्र फोहोर फाल्न दिएको भएतापनि १५ वर्ष सम्म फोहोर फालीएको थियो यसै गरि बञ्चरे डाँडामा पनि लापरबाहि तरिकाले हुन्छ भने यस ठाउँमा फोहोर नल्याउदा हुन्छ, यदि व्यसस्थित तरिकाले जनताको समस्यालाई बुझेर ल्याउने हो भने हामीबाट केही समस्या नभएको स्थानियले बताए।
फोहोर फाल्नको लागि सेल वान र सेल टू भन्ने दुइटा स्थान रहेको भएतापनि सेल वान मात्र तयार भएको छ। सेल टु पनि बन्दै गर्छ, फोहोर खसाल्न तयारी भइरहेको छ। यदी फोहोर खसेपनि काम भने नरोकीने सहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल साइटका सुपरभाइजरले बताए।
काठमाण्डौंको फोहोर बिसर्जन सिसडोल डाडाँमा गर्दै आइरहेको भएतापनि अहिले त्यहाँ राख्ने स्थान नभएको कारणले गर्दा बञ्चरे डाँडालाई बिसर्जनको अर्को गन्तव्य बनाएको छ।