काठमाडौ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमरेकिन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ०८ पैसा र बिक्री दर १४३ रूपैयाँ ७३ पैसामा कारोबार भइरहेको छ ।
हिजो अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसामा कारोबार भएको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा कायम गरिएको थियो ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ७९ पैसा र बिक्री दर १६६ रूपैयाँ ५५ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले शुक्रवार अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ २२ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा तोकिदिएको छ ।
चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ १० पैसा तथा बिक्रिदर १८ रूपैयाँ १९ पैसा कायम गरिएको छ भने जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा तथा दक्षिण कोरिया १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ ० पैसामा किनबेच हुनेछ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१७ रुपैयाँ तथा साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ कायम गराएको छ ।
◦