काठमाडौं। संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको हो । २०७९ फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७ हजार ९सय ५६ किलोमिटर ग्रावेल र ८ हजार ६सय ६४ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको हो ।
कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ । २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ । यसअवधिमा ३१६ किलोमिटर सडक खण्डास्मित (ग्रावेल) स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ । साथै, ८ हजार २ सय ५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २ सय ७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ ।
यस अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८।७९ मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो । यस अवधिमा ३ सय ३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६सय १८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो । साथै, ७ हजार ८ सय किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २ सय ५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो । सो अवधिमा २ सय ८२ पुलको निर्माण सम्पन्न भएको थिए ।
आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७६।७७ को फागुनसम्म ९५ हजार ७ सय २२ किलोमिटर सडक पुगेको थियो । संघबाट निर्माण भएका रणनीतिक र स्थानीय सडक सञ्जालतर्फ कालोपत्रे सडक १५ हजार २ सय ५४ किलोमिटर रहेको छ भने ग्रावेल सडक ९ हजार २ सय ५१ किलोमिटर र कच्ची सडक ९ हजार ८ सय ४२ किलोमिटर गरी कूल सडकको लम्बाई ३४ हजार ३ सय ४७ किलोमिटर पुगेको थियो । प्रदेश र स्थानीयस्तरबाट ६१ हजार ३ सय ९५ किलोमिटर सडक निर्माण भएको जनाएको छ । संघ, प्रदेश, स्थानीय गरी कुल सडक सञ्जाल करिब ९६ हजार किलोमिटर पुगेको थियो ।
आर्थिक वर्ष २०७५।०७६ मा ४४० किलोमिटर माटे सडक (नयाँ सडक) निर्माण, १ हजार ३६३ किलोमिटर ग्रावेलस्तरमा तथा ९८८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएका थियो । मध्यपहाडी (पुष्पलाल) राजमार्गको कुल लम्बाई १८ सय ७९ कि.मी. मध्ये गत असारसम्म १२ सय ५९ कि.मी. कालोपत्रे सम्पन्न भएकोमा चालु आवको पुषसम्म थप २८ कि।मी। सडक कालोपत्रे भई १२ सय ८७ कि.मी पुगेको जनाइएको छ । त्यसैगरी हुलाकी राजमार्गको कुल लम्बाई १८ सय ५७ कि.मी मध्ये गत असारसम्म ८ सय ९० कि.मी. कालोपत्रे सम्पन्न भएकोमा चालु आवको ६ महिनाको अवधिमा थप २९ कि।मी। सडक कालोपत्रे भई ९ सय १९ कि.मी पुगेको हो ।
उत्तर दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोरको कुल लम्बाई ४ सय ४७ कि।मी मध्ये गैडाकोट–राम्दी–मालढुङ्खा खण्डको गत असारसम्म १ सय १२ कि।मी। कालोपत्रे सम्पन्न भएकोमा चालु आवको ६ महिनामा थप ८ कि।मी। सडक कालोपत्रे भई १ सय २० कि।मी पुगेको छ । यस कोरिडोर अन्तर्गत बेनी जोमसोम केरेला खण्डको २ सय ०२ कि।मी। खण्डका गत असारसम्म २८ कि।मी। कालोपत्रे सम्पन्न भएकोमा चालु आवको पुष सम्म थप १ कि।मी। सडक कालोपत्रे भई २९ कि।मी पुगेको नोपल राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । कारोबार दैनिकबाट