काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्रबारे गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउने गरी सरकारले नीति अंगिकार गर्नुपर्नेमा जोड दिए ।
मंगलबार प्रतिनिधिसभाको अर्थसमितिमा उनले भने, ‘सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डरलाग्दो छ । असार १७ गतेसम्म नौ खर्बको हाराहारीमा मात्रै राजश्व उठ्नु र हाम्रो साधरण खर्च नै १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति छ । हामी सबैले स्वीकार गरेका छौँ, अर्थतन्त्र अझै पनि चलायमान भएन ।’ सांसद चौधरीले अर्थतन्त्र चलायनमान नहुनु र लगानी नबढ्नुमा सरकार गम्भीर बन्नुपर्ने बेला आएको बताए ।
‘राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम पनि भयो । आयात बढेको छैन । तर पनि समग्र अर्थतन्त्र चलायमान किन हुन सकेको छैन रु लगानी किन हुन सकिरहेको छैन रु किन कस्ट अफ डुइङ बिजनेस घट्न सकिरहेको छैन रु सरकारको सबैभन्दा बढी चासोको विषय यही हो, उनले भने, आउने दिनहरूमा सरकारले गर्ने छलफल अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउनेतर्फ हुनुपर्छ । आउने दिनहरूमा लगानीलाई कसरी प्रोत्साहन गर्ने र अहिले बैंकहरूसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा छरेको छ, न्यूनतम ९० प्रतिशत हुनुपर्छ ।’
उद्योगपतिसमेत रहेका सांसद चौधरीले बैंकहरु तरलता बढ्दासमेत ऋण दिन नसक्नुका कारण सरकारले खोज्नुपर्नेमा जोड दिए । साथै राष्ट्र बैंकको नीति स्पष्ट हुनुपर्नेमा पनि उनको जोड थियो । ‘किन बैंकहरूले ऋण दिन सकिरहेका छैनन् बैंकहरूसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन रु के हो राष्ट्र बैंकको नीति , उनले भने ।
वित्तीय संस्थाहरू मुलुकको अर्थतन्त्र चलायमान बनाउने गरी बसेका र त्यहाँ देखिएको एकप्रकारको अन्तरविरोधका विषयमा सरोकारवाला निकायहरूलाई पनि बोलाएर छलफल गर्नुपर्ने उनको धारणा छ ।