बिशाल बस्नेत
महोत्तरी। ग्रामिण उधम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोरको कार्यालय बर्दिबासले वर्षभरिको प्रगति विवरण सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७९।८० मा गरेको कामको जानकारी दिँदै कार्यालय प्रमुख रविन्द्र महथाले खर्च भएको लगभग ६ करोडको फेहरिस्ता सुनाए ।
कार्यालयले बजार समबन्धको विकासमा सहजीकरण, उधमशिलाताको विकास, संरचनात्मक विकास र लाभाग्राहीको योगदानमा आधारितसहितका सीमाभित्र रहेर मधेश प्रदेशका ८४ वटा पालिकाहरुमा काम गर्दै आएको छ ।
महेन्द्र राजमार्ग र हुलाकी राजमार्गमा केन्द्रित रहेर उक्त करिडोरभित्र सप्तरीमा १५, सिरहामा १२, धनुषामा ८, महोत्तरीमा १०, सर्लाहीमा ११, रौतहटमा ९, बारामा ११ र पर्सामा ८ वटा पालिकामा काम भईरहेको कार्यालय प्रमुख महथाले जानकारी दिए ।
कृषकलाई ५० प्रतिशत अनुदानको प्रक्रिया समेत अगाडी बढाइएको छ । ८४ वटा पालिकाहरुबाट १०३२ कृषक समुहले अनुदानको लागी निवेदन दिएको आर्थिक करिडोरको कार्यालयले जनाएको छ ।
जसमध्य दुध उत्पादनमा ५३१ जना, मासु उत्पादन९बाख्रा (२१८, कुखुरा तथा हाँसमा(२२, बन्गुरमा(७ जना, रागा(१० (२४८ जना, माछा उत्पादनमा ५७ जना, तरकारी उत्पादनमा ९२ जना, बिज बृदिमा ४९ जना, गंहू, धानमा १५ जना, फलफूल उत्पादनमा १० जना, प्रशोधन उधोगमा ५ जना, मौरिपालनमा १, वन पैदावरमा १ जना, शीर्षक नखुलाई १४ जना गरी १०१३ जना समूहबाट अनुदान माग भएको छ ।
कार्यालयले बनाएको कार्यविधिअनुसार छनोट प्रक्रियामा अगाडी बढीरहेको प्रमुख महाथाले जानकारी दिए ।