ई.दर्शन तिवारी
गएको हप्ता २०८० साउन ३ गते नेपाल इन्जिनियरिङ्ग एशाेसिएशनले केन्द्रिय समिति र मातहतका सातै प्रादेशिक समितिले नेपाल इन्जिनियरिङ्ग एशाेसिएशनको स्थापना सम्झना गर्दै ६१औं इन्जिनियरिङ्ग दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा उता मधेश प्रदेशमा भने इन्जिनियरहरु पेशागत सुरक्षा माग राख्दै विरोध र नाराबाजीमा उत्रेको देखियो । कारण रहेछ सम्पन्न योजनाको भुक्तानी नदिएको भन्दै जनकपुरमा इन्जिनियरमाथि कार्यकक्षमै भएकाे दुर्व्यवहार ।
देश भित्र कहाँ कती कुन इन्जिनियर कार्यरत छन् यस्को वास्तविक विवरण कुनै निकयसँग पनि छैन। पूर्वाधार निर्माण सँग प्रत्यक्ष जोडिएका सिभिल इन्जिनियर प्राय धेरै प्रभावित छन्। छिटफुट वर्षभरि र आर्थिक वर्षको अन्तिममा (अषाढ मसान्तका बेलामा) यस्ता दुर्व्यवहार, बलजफ्ति जस्ता घटनाहरु घटेको देखिन्छ।
गत जेठ २२ सियारी गाउँपालिका रुपन्देहीमा श्रमिकले इन्जिनियरमाथि गरेको आक्रमण र अषाढ २४ मा बढैयाताल गाउँपालिका, बर्दियामा कार्यरत इन्जिनियरलाई निर्णय उल्टाएर भुत्तानी गर्न दिइएको दबाब र अषाढ २६ को कञ्चन गाउँपालिका रुपन्देहीमा कर्मचारीलाई मनोबल गिराउने घटना भएका थिए। अझ कति यस्ता घटनाहरु कार्यालय भित्रै मिलाइएका होलान जुन बाहिर आउँदैनन् ।
उर्जाशील मानव स्रोतहरु दिनानुदिन विदेशीदै गरेकाे अवस्थामा विदेशमा सुन्दर भविश्य देख्दा देख्दै देशमै बसेर केही गर्न चाहिरहेका इन्जिनियरहरुलाई उत्साही बनाउनु पर्नेमा अझै हतोत्साहित गराउने कार्यहरु भइरहेका छन्। उनीहरुमाथि कार्यकक्षमै हुने दुर्व्यवहारका घटनाले समग्र इन्जिनियरवर्गमा निरासा थपेको छ।
योजना संचालन गर्ने सार्वजानिक कार्यालय र तिनका प्रमुख, निर्माणको जिम्मा पाएको फर्म कम्पनि (ठेकदार वा ठेकदार प्रतिनिधि), परामर्शदाता, उपभोत्ता समिति अध्यक्ष र तिनका पदाधिकारी, स्थानीय लाभग्राही, निर्माण स्थलमा काम गर्ने पेट्टी निर्माण व्यवसायी र श्रमिकहरु सबै साना ठूला योजना संचालन गर्दाका हिस्सेदारहरु हुन् । इन्जिनियरलाई दुर्व्यवहार भए यिनै हिस्सेदारबाटै हुन्छ । पछिल्लो समयका स्थानीय जनप्रतिनिधि र स्थानीय नेताबाट पनि इन्जिनियरलाई अनावश्यक दबाब दिइने गरेको पाइन्छ।
के हुन कारणहरु ?
स्वीकृत डिजाईन र इस्टीमेट संगको मापदण्ड अनुसारको कार्यको आदेश दिदाँदिदैँ पनि आदेशको पालना नगर्दा, नगरेको काम वा गुणस्तरहिन कार्यको मूल्यांकन गरि स्विकार गर्न लगाउँदा, योजना कार्यन्यवनको सबै जिम्मा इन्जिनियर मात्रैले लिदाँ, नियम भन्दा बाहिर निर्णय गर्न लगाउँदा लगायतका गलत मनसिकताकारण योजनाकै हिस्सेदार इन्जिनियरहरुप्रति नकारात्मक भई अगाडी बढ्दा अन्त्यमा नियमको पालना गर्ने इन्जिनियर दुर्व्यवहारको शिकार बन्न पुग्छन् ।
समाजको बढ्दो अराजकता, हरेक व्यवसायमा देखिने अस्वस्थ प्रतिस्पर्धा गुणस्तर भन्दा उत्पादनमा ध्यान, ऐन नियमको जानकारी सबैले नराख्दा र हरेकले कर्तव्यनिष्ट नागरिकको भुमिका निर्वाह नगर्दा कार्यलयमा बसेका प्राविधिक कुनै न कुनै प्रकारले पीडित हुन पुगेका छन्।
योजना संचालन गर्दाका सिद्धान्तहरु लागु नगर्नु जस्तै ठ्ठेक्का लगाउनु अघि प्रि बिड मिटिङ यथार्थमा नराख्नु, योजनाबारे जानकारी सर्वसाधारणसंग नपुग्नु, हिस्सेदारसंग राय सल्लाह नलिनु योजना कार्यन्यनको सुरुवाती चरणमा किक अफ मिटिङ नहुनु विवादहरु बढ्नु र तत्काल हल नगर्नु वा सामान्य व्यवस्थापनका शैलीहरु लागु नर्गनु तथा योजना र परियोजनामा समस्या आइपर्दा राजनितिकरण हुनुले पनि इन्जिनियरले योजनाका अन्य हिस्सेदारहरुसगं दुरि बढाउँछ र समस्या आइपर्दा समाधान गर्न गाह्रो हुन्छ ।
नेपाल इन्जिनियरिङ्ग एसोसिएसनले केन्द्रिय समिति र हरेक प्रादेशिक समितिहरुले हरेक इन्जिनियरमाथिको दुर्व्यवहारको विज्ञप्ती निकालेर विरोध गर्ने गरेको नै छ । पिडकसगं इन्जिनियर नेतागढ सम्पर्कमा रहेको पाइएको छ । समानानतर इन्जिनियरिङ्ग समुदाय सिडेन, पिन, सिवन र निवनले पनि समयसमयमा बिरोध कार्यक्रम पनि चलाएका छन् । इन्जिनियर पिडामा पर्दा यो पर्याप्त नभएता पनि सामुहिक दबाबले ढाडस पक्कै दिन्छ । कानुनी राज्यमा नियमको उल्लंघन अपराध ठहर हुन्छ । काम गर्ने कर्मचारीमाथि दुर्व्यवहारको कसुर प्रमाणित भए मात्र पनि कसुर गर्ने २४ दिन जेल बस्नु पर्ने हुन्छ । यो त पछिल्लो रुपन्देहीको इन्जिनियरमाथिको दुर्व्यवहारको घटनाको कारर्वाहीबाट पनि थाहा हुन्छ।
के होलान् समाधानका उपायहरु ?
योजना व्यवस्थापनको जिम्मा ईन्जिनियर आफ्नै पनि हो । ईन्जिनियर टिम वर्कमा सहभागी हुनपर्छ । कार्यालय, कार्यक्षेत्रका शंकाहरु, अविश्वासहरु निवारण गर्नुपर्छ । कुशल तवरले ठेक्का लगाउने, राय सल्लाह आए टिपोट गर्ने वा संसोधन गनुपर्ने भए ठेक्का संशाेधन गर्ने । योजना बारे प्रमुख सगं पनि छलफल परामर्श गर्ने, ऐन नियमको कडा पालना गर्ने गराउने, उपभोत्ता समितिलाई कार्यको प्राविधिक कुरा र कानुनी अनावश्यक कागजात बारे जानकारी गराउने, मातहतका कर्मचारीलाई अवाश्यक निर्देशन दिने र प्रतिक्रिया लिइराख्ने, विवादहरु मिलाएर समाधान गर्ने, निर्माण व्यवसाही प्रतिनिधिलाई बिड डकुमेन्ट पढ्न लगाउने महत्वपूर्ण कन्सलटेन्ट बारे जानकारी दिने, आफूभन्दा अग्रज ईन्जिनियर सगं अनुभवहरु साटी राख्ने, योजनाका हिस्सेदारहरु र प्रतिनिधिसगं सम्पर्कमा रहि फोनको रेसपोन्स गर्ने, समय समयमा साईट अनुगमनमा पेट्टी ठेकदार वा श्रमिकसंग भलाकुसारी गर्ने, त्रुटिपुर्ण कार्यलाई निरुत्साहीत गर्ने, राम्रो कार्यको प्रशंसा गर्न नहिचकिचाउने, पेशागत वृद्धि विकासमा ध्यान दिने ,सम्मान दिने लिने र आफ्नो भुमिका प्रति सदा खुसि रहि देश निर्माणमा सरिक भइरहनु पर्छ।
सबै क्षेत्रमा पुँजिगत खर्च कम भइराखेको अवस्थामा सरकारी सेवाका ईन्जिनियर, निजि क्षेत्रका इन्जिनियर, कन्सलटेन्ट वा कन्स्ट्रक्सन फम ईन्जिनियरको मनोबल उच्च राख्नु अति आवाश्क छ । ईन्जिनियरको पेशालाई सम्मान गर्न गराउन यति सामान्य कुराहरुमा ध्यान् दिने हो भने यस्ता घटनाहरु पक्कै कम भएर जाने छन् ।