झापा कारागारमा कैदीबन्दी बस्नको लागी नयाँ भवनको निर्माण गरिएको छ। कारागार परिसरमा ६४ लाखको लागतमा प्रशासनिक भवनका लागी संघिय सरकारले विनियोजन गरेकको बजेटमा संशोधन गरेर दुई तल्ले भवन निर्माण गरिएको कारागार प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारीले फागुनमा शिवरात्रीको अवसर पारेर भवनको शिलन्यास गरेका थिए भने उनले नै संविधान दिवसको अवसर पारेर भवनको उद्धघाटन गरेका हुन्। उक्त भवनको भुइँतलामा पक्की छत छ भने माथिल्लो तलाको छानो जस्तापाताको लगाईएको छ। उक्त भवनको तल्लो तलामा जेष्ठ र अशक्त कैदीलाई राखिने छ।
पाँच दशक अगाडी बनाईएको पुरानो भवनमा २५० कैदीबन्दी मात्र बस्न मिल्ने क्षमता भएको र सोही भवन पुरानो भएको कारणले पानी चुहीने जस्ता समस्या आएको छ। हाल २०० कैदीबन्दी हरुले दुख खेप्नु परिरहेको छ। सङ्घीय सरकारले कारागारको प्रशासन भवन बनाउन बजेट पठाएको भएतापनि कारागारका कैदीबन्दी हरुको नाजुक अवस्था देखेर बजेट संशोधन गरेर उनिहरुलाई बस्ने भवन निर्माण गरेको प्रमुख जिल्ला अधिकारीले जनाउनु भयो। अहिलेको नयाँ भवनमा ३५० जना कैदीहरु राख्न मिल्ने कारागारका प्रमुखले बताउनु भयो। प्रशासनिक भवनको आवस्यकता नभएको होइन, तर कारागारमा रहेका कैदीबन्दीको अवस्था लाई मध्येनजर गरी सो भवनको निर्माण गरिएको हो।
निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाण्डौंले फागुनमा ठेक्का सम्झौंता गत आर्थिक वर्ष भित्र सम्पन्न गर्ने भनिएको भएतापनि कोभिडको कारणले निर्माण कार्यमा ढिला भएको हो। पुरानो भवन साँघुरो क्षेत्रमा भएकोले गर्दा कैदीबन्दीहरुलाई सबै कुरामा समस्या भएको र वर्खाको समयमा त भवनको छतबाट पानि चुहिने गरेको थियो।
नयाँ भवनको निर्माण पछि कैदीबन्दीलाई बस्नको लागी थोरै सहज भएको भएतापनि पुर्ण रुपमा समस्याको समाधान भने भएको छैन। हालको कारागार भन्दा तिन किलोमिटर टाढा कारागारको स्वामित्वमा १० विघा सरकारी जग्गा आईसकेको र अबको ४ वर्ष भित्रमा नेपालकै नमुना कारागारको रुपमा नयाँ कारागार भवन निर्माण गर्ने प्रजिअले बताउनु भयो।
भद्रपुर नगरपालीकाको सहयोगमा संविधान दिवसको दिन पारेर कारागारका कैदीबन्दीहरुलाई खेलकुदका सामान दिईएको छ। समाजसेवी मिरा थापाले कैदीबन्दीलाई नयाँ भवनमा ५५ ईन्चको एलइडी टिभि पनि प्रदान गरेकी थिईन। हाल २४५ कैदीबन्दी रहेको झापा कारागारमा संविधान दिवशको दिन १२ जना कैदीबन्दी रिहा भएका छन्।