काठमाडौं। निर्माण कम्पनीले ग्वार्को फ्लाइओभरको नयाँ डिजाइन तयार पारेको छ । अघिल्लो डिजाइनमा समस्या आएपछि कम्पनीले नयाँ डिजाइन सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विभागलाई बुझाएको छ ।
निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभरको निर्माण कार्य रोकिएको थियो । गुणस्तर अनुसन्धान विभागका सिनियर डिभिजनल इन्जिनिर राकेश महर्जनका अनुसार डिजाइनलाई केही फेरबदल गरेर साउन पहिलो साता कम्पनीले विभागमा बुझाएको हो ।
डिजाइन अनुसारको आवश्यक निर्माण सामग्री नेपालमा उपलब्ध नहुने भएपछि निर्माण कम्पनीले उक्त डिजाइनलाई फेरबदल गरेर विभागमा बुझाएको उनको भनाइ छ ।
सिनियर इन्जिनियर महर्जनले भने, “पहिलेको डिजाइन अनुसारको निर्माण सामग्री नेपालमा उपलब्ध नहुने भएपछि पहिलो डिजाइन अनुसार निर्माण गर्न नसकेपछि काम रोकिएको थियो । विभागको आग्रहपछि निर्माण कम्पनीले पुनः डिजाइन परिवर्तन गरेर बुझाएको छ ।' अहिले उक्त प्रस्ताव स्वीकृतिको क्रममा रहेको उgले बताए।
तीन हप्तापछि काम पुनः सुरु हुने
रोकिएको ग्वार्को फ्लाईओभरको काम तीन हप्तापछि सुरु हुने सिनियस डिभिजनल इन्जिनियर महर्जनले बताए। उनका अनुसार निर्माण कम्पनलीले नयाँ डिजाइन अनुसारको निर्माण सामग्री भारतबाट ल्याउन तीन हप्ता लाग्ने बताएकाले फ्लाइओभर निर्माणको काम तीन हप्ता पछि मात्र सुरु हुनेछ ।
यो ओजना कम्पनीले नै डिजाइन तयार पारेर निर्माण पनि उसैले गर्ने मोडलमा तय भएको हो । त्यसकारण निर्माण कम्पनीले सुरुमा बनाएको डिजाइनमा नै फ्लाइओभर बन्छ भन्नेमा सडक विभाग विश्वस्त थियो । तर, डिजाइनमा सामान्य समस्या हुँदा डिजाइन परिवर्तन गर्नुपर्ने भयो ।
फ्लाइओभर निर्माणपछि पाँच वर्षसम्म यसको मर्मत सम्भार निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ । यो फ्लाइओभर नेपालमै पहिलो पटक बन्न लागेको हो । यसमा पिलर प्रयोग हुँदैन। जहाँ स्लोप (भिरालो) पारेर उचाई (हाइट) बनाउने र ओभरहेड ब्रिज रहन्छ। ग्वार्को चोकबाट पश्चिम अर्थात् बि एन्ड बी अस्पतालतर्फबाट चोकसम्म १८५ मिटरको लामो स्लोप बनाइनेछ। त्यसैगरी बालकुमारीतर्फबाट ३२० मिटरको अर्को स्लोप बनाइने उल्लेख छ । गाेरखापत्रबाट