काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले मंगलवार निर्माण उपकरणहरू प्रदर्शन गर्दै धानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । बालुवाटारमा विहान ९ बजेदेखि १० बजेसम्म महासंघले निर्माण उपकरणहरू प्रर्दशनगर्दै धर्ना दिएको हो।
संघीय संसद भवन अगाडि प्रदर्शन गर्ने भनिएका निर्माण उपकरणहरू प्रशासनले जफत गरेपछि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना मात्र दिइएको हो । निर्माण उपकरण सहित संघीय संसद् अगाडि शान्तिपूर्ण प्रर्दशन गर्ने महासंघको पूर्व निर्धारित कार्यक्रम बिथोल्न प्रशासनले निर्माण उपकरणहरू जफत गरेकोमा महासंघले कडा आपत्ति जनाएको छ । प्रशासनको कदम नेपालको संविधान २०७२ को मर्म विपरित रहेको भन्दै महासंघले खेद व्यक्त गरेको छ ।
आन्दोलनमा प्रशासनको अनावश्यक हस्तक्षेप जारी रहेमाआन्दोलन अझ सशक्तहुने चेतावनी पनि महासंघले दिएको छ ।बालुवाटारमा विहानधर्ना कार्यक्रमको शुरुवातगर्दै महासंघका अध्यक्ष रवि सिंहल ेव्यवसायीहरूका जायज मागका बारेमा सम्बन्धित् निकायहरूमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएकाले महासंघ बाध्यभएर सडकमा ओर्लिएको स्पष्ट पारे। महासंघका मागहरू पूरा नभए सबै निर्माण कार्यहरू ठप्पपारी सशक्त आन्दोलनमा उत्रने उद्घोष अध्यक्ष सिंहले गरे। धर्नामा सहभागीहरूले विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, बीमानिर्देशिका—२०७८ खारेज गर, उपभोक्ता समितिबाट निर्माणकार्य गर्ने नियमखारेज गर, सार्वजनिकखरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गरलगायतका नारा लगाएका थिए ।
अन्यौलग्रस्त र बजेट नभई काम हुननसक्ने रुग्ण आयोजनाहरू एवं काबु बाहिरका निर्माणकार्य सुविस्ताको आधारमाअन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैक ग्यारेण्टीजफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमाभएको वृद्धिलाई खारेज गरिनुपर्ने, श्रोतमा कट्टा गरेको अग्रीम आयकर र मु.अ.करको कट्टी रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिलागरिनु पर्ने, उपभोक्ता समितिबाट निर्माणकार्य गर्ने व्यवस्थाखारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित् सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने लगायतका मागपनि महासंघले अघि सारेको छ । यसै बीच महासंघको जारी आन्दोलनमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हेभीइक्विपमेन्ट व्यवसायी महासंघ, नेपालट्रिपर व्यवसायी महासंघ लगायतका संघ संस्थाले ऐक्यद्धताजनाएकाछन् ।