काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। भिजिविलिटी कम भएपछि आज बिहान विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका हुन्।
बुधबार बिहानैदेखि अधिकांश विमानस्थलको मौसम खराव हुँदा भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
बुधबार विहानैदेखि मौसम खराबका कारण भिजिवलिटी नपुग्दा बाटो पहिल्याएर आउन (एअरवे फलो) जहाजहरुलाई समस्या हुने भएपछि विमानस्थलले उडान–अवतरण गर्न अनुमति दिएन् ।
बुधबार उडानहरु ढिलाइ भए पनि रद्द हुने सम्भावना भने कम रहेको कार्यालय स्रोतले जनाएको छ। मौसम खुल्न थालेसँगै अहिले केही गन्तव्यका जहाजहरु भने उड्न थालेका छन् ।
भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, तुम्लिङटार, राजविराज, नेपालगन्ज, धनगढीलगायत अधिकांश विमानस्थल भिजिविलिटीका कारण खुल्न सकेका छैनन्।
विमानस्थलका अनुसार बुधवारका लागि १५० उडान हुने तालिका थियो।