गण्डकी प्रदेशमा रहेको हिमाली जिल्ला मनाङ पहिले देखि नै विकट छ। त्यसमाथि यो वर्ष आएको बाढीपहिरोको कारणले झनै विकट बनेको छ। चार वर्ष लगाएर स्थानीयले बनाएका विकासका संरचना बाढीपहिरोले ध्वस्त बनाइदिएको छ।
मनाङको मेरुदण्डको रुपमा रहेको डुम्रे–बेंसीशहर–चामे सडकखण्ड मर्स्याङ्दी नदीमा आएको बाढी र पहिरोले गर्दा पुर्णरुपमा क्षति पुगेको छ। पहिरोले बिगारेको सडक तिन महिना बितिसक्दा पनि हाल एकाध भागमा मात्र सवारी साधन आवातजावत गर्न थालेका छन् भने केही ठाउँमा सडकको नाामनिसाना नै नभएका कारणले गर्दा नयाँ सडक बनाउने काम भइरहेको छ।
सदरमुकाम चामे र माथिल्लो मनाङमा सवारी चलेका छन्। डुम्रे–बेंसीशहर चामेसडकखण्डअन्तर्गत लमजुङको बेंसीशहरदेखि मनाङको खोत्रोसम्म गाडी चल्न थालेको भएतापनि बीचको १५ किलोमिटर भाग भने पूर्णरुपमा अझै पनि अवरुद्ध भईरहेको छ।
डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालय लमजुङका अनुसार मनाङ ङिस्याङ गाउँपालिका–१मा तल्लो र माथिल्लो मनाङ जोड्न तलेखु– भ्राताङ भीरलाई फोरेर नयाँ सडक निर्माणको काम भइरहेको छ। बेंसीशहर–चामे सडक खण्डको १०७ किलोमिटरमध्ये बेंसीशहरदेखि नासों गाउँपालिका–१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ।
स्थानीयको सहकयोगमा चामे गाउँपालीकामा पुर्ण रुपमा सवारी संचालन भएको छ। चाडपर्व नजीकिएसँगै सामानको ढुवानी, आवातजावतमा सजीलो बनाउनको लागी सडकको मर्मत सम्भारलाई ध्यान दिईएको छ।
जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षकका अनुसार विधुत् आपुर्ति अवरुद्ध हुदाँ सर्वसाधारणहरु स्वास्थ्य सेवाबाट बन्चीत भई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ। विधुतको आपुर्ति नहुँदा जेनेरेटर प्रयोग गरिरहेको र यसका लागी पनि इन्धन आपुर्ति गर्न हेलिकप्टर प्रयोग गर्नुपर्ने भएका कारण समस्या भएको छ।
जेठ र असारमा आएको अविरल वर्षा पछि आएको बाढीपहिरोले अवरुद्ध भएको सडक मर्मत र निर्माणको काम नभएपछि यातायात, विद्युत्, सञ्चार क्षेत्र पूर्ण रुपमा प्रभावित भएका छन्। मनाङका चामेवासी दक्षिण कोरियामा बस्दै आएका एक युवाको सहयोगमा जलविधुतका सामग्रीहरु हेलिकप्टर चार्टर गरेर ल्याइएको छ।
मनाङका सरकारी कार्यालयमा गण्डकी प्रदेश सरकारको सहयोगमा सोलार प्यानल, इन्भर्टर र ब्याट्रीमार्फत सेवा प्रदान भइरहेको छ। विधुतको अभावमा सरकारी काम र अस्पताल प्रभावित भएको कारणले गर्दा सौर्य ऊर्जा उपकरण पठाइएको हो।