काठमाडौं। सन् १९९८ मा मलेसियामा सम्पन्न भएको २९ औं अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) सम्मेलनबाट नेपाल अध्यक्ष भएर ३० औं इफाप्का सम्मेलन नेपालमा गर्ने निर्णय गरिएको थियो।
हुन त मलेसियामा सम्पन्न भएको २९ औं सम्मेलनभन्दा अगाडि देखि नै नेपालको तत्कालिन निर्माण व्यवसायी संघले विभिन्न चरणमा तयारी गरिरहेको थियो। २०५४ साल श्रावणमा तत्कालीन संघका निवर्तमान महासचिव पी.जी.लामाको संयोजकत्वमा ३० औं इफाप्का सम्मेलन समिति गठन भइ समिति सह–संयोजकमा रमेश शर्मा र सदस्यहरुमा गणेशलाल श्रेष्ठ, राजेन्द्रमान शेरचन, राजेशबाबु श्रेष्ठ, यक्षध्वज कार्की, अमरबाबु श्रेष्ठ, सुधाराज गिरी, भाइराजा श्रेष्ठ रहेका थिए। लामाले इफाप्काको महासचिव हुने इच्छा समेत राखेका थिए। तर मलेसिया सम्मेलन पश्चात इफाप्का अध्यक्षमा गणेशलाल श्रेष्ठ, इफाप्का महासचिवमा राजेन्द्रमान शेरचन र इफाप्का बोर्ड मेम्बरमा राजेशबाबु श्रेष्ठ चयन भएका थिए। सो पश्चात ३० औं इफाप्का सम्मेलन समन्वय समिति पुर्नगठन भइ संयोजकमा समेत राजेन्द्रमान शेरचन, सहसंयोजकमा राजेशबाबु श्रेष्ठ, सदस्यहरु रमेश शर्मा, गणेशलाल श्रेष्ठ, सुरेश श्रेष्ठ, विक्रम पाण्डे, सुकुन्तलाल हिराचन, शरदकुमार गाैचन, अमर बहादुर श्रेष्ठ र उपसमितिका संयोजकहरु पदेन सदस्यको रुपमा रहेका थिए। यसरी सम्मेलन समिति अन्तर्गत रहने गरी विभिन्न उपसमितिहरु गठन भएका थिए। उक्त उपसमितिहरुमा रजिष्ट्रेशन उपसमिति संयोजक हरिबाेल बडाल, आर्थिक उपसमिति संयाेजक अमर बहादुर श्रेष्ठ, सांस्कृतिक उपसमिति संयाेजक शशीधर रिजाल, जनसम्पर्क उपसमिति संयाेजक यक्षध्वज कार्की, प्रचारप्रसार विज्ञापन उपसमिति संयाेजक सुधाराज गिरी, अतिथि सत्कार उपसमिति संयोजक विजयबाबु मल्ल र कार्यान्वयन उपसमिति पुरुषोत्तम मानन्धर रहेका थिए।
सो समयमा तत्कालिन संघको अध्यक्षमा रमेश शर्मा, महासचिवमा सुकुन्तलाल हिराचन र कोषाध्यक्षमा अमरबहादुर श्रेष्ठ रहेका थिए। यसरी इफाप्काको ३० औं सम्मेलन Partnership- A Need foe Growth and Development for the Next Millennium नाराका साथ सन् १९९९ को डिसेम्बर ५ देखि ९ तारीखमा काठमाडौंमा सम्पन्न भएको थियो।
सम्मेलनको उद्घाटन तत्कालिन श्री ५ महाराजधीराज वीरेन्द्र वीर विक्रम शाहबाट भएको थियो भने उद्घाटन समारोहमा तत्कालीन श्री ५ बडामहारानी एश्वेर्या शाह, प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई, निर्माण तथा यातायात मन्त्री खुमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो।
सम्मलेनको व्यवस्थापन गर्नका लागि करिब एक वर्ष अगाडीदेखि इभेन्ट कम्पनीको रुपमा भाष्करराज कर्णिकार संचारक रहेको एभरेष्ठ एक्जिभिसन प्रा.लिलाई नियुक्त गरिएको थियो। उक्त सम्मेलनको उद्घाटन समारोह वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रम गरिएको थियो भने भेन्यु होटेलको रुपमा सोल्टी क्राउन प्लाजा रहेको थियो।
त्यसैगरी अन्य अफिसियल होटेलको रुपमा ग्राण्ड होटेल र याक एण्ड यति होटेल रहेका थिए। रिसेप्सन डिनर याक एण्ड यति होटेलमा आयोजना गरिएको थियो भने फेयरवेल डिनर वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भएको थियो।
त्यस्तै स्पाउस टुर गोदावरीमा भएको थियो भने होल डे टुर मनकामना केबुलकार र मनकामना मन्दिरमा भएको थियो। सम्मेलनमा सहभागिहरुका लागि गल्फ खेल्न गोकर्ण रिजर्टमा व्यवस्था मिलाइएको थियो। सम्मेलनमा १६ सदस्य देशका करिब ३०० जना विदेशी व्यवसायी गरी ५०० जनाको सहभागीता रहेको थियो।
इफाप्काकाे ४६औं सम्मेलन २०८० मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडाैंमा हुँदैछ। याे नेपालकाे अध्यक्षतामा नेपालमा हुन गइरहेकाे दाेस्राे इफाप्का सम्मेलन हाे जसकाे आयाेजक नेपाल निर्माण व्यवसायी महासंघ रहेकाे छ।