नेपालीहरुको महान चाडको रुपमा दसैँ लाईलिने गरिन्छ। यो वर्ष २०७८ को दसैँ आउन १६ दिनमात्र बाकी रहेको छ भने घटस्थापना असोजको २१ गते परेको छ। घरबाट टाढा रहेका नागरिकहरु दसैँसँगै लगातार आउने चाड तिहार र छठ मनाउन गाउँ फर्कीरहेका छन्। काठमाण्डौँ उपत्यकाबाट मात्र दसैँको समयमा कम्तिमा २५ लाख मानिस बाहिरिने गरेको अनुमान लगाउन सकिन्छ भने यी मध्ये अधिकाशं मानिसले स्थलमार्ग सडक नै प्रयोग गर्छन् ।
यो वर्षको जेठ ३० गतेयता देशभर २१८ स्थानमा सडक अवरुद्ध भएको सडक विभागले बताएको छ। सरकारले ८४ स्थानमा मात्रै सडक अवरोध खुलाउन सकेको छ भने हाल विभिन्न सडकका १२३ ठाउँमा एकतर्फी सवारीसाधन संचालन भइरहेका छन्। दसैँ नजीकिदै गर्दा अहिले देशका ११ स्थानमा सडक अवरुद्ध भएको छ, यसको कारणले घर फर्किने जनतालाई समस्या परेको छ।
डुम्रे–बेंशीशहर–चामे सडक गत जेठ १६ गतेदेखि अवरुद्ध हुन थालेको भएतापनि सरकारले अझै खुलाउन सकेको छैन। सडक विभागका अनुसार अरनिको राजमार्ग पनि अहिले अवरुद्ध रहेको छ। सिन्धुपाल्चोको विभिन्न स्थानमा पनि सडक अवरुद्ध भएको छ। तातो पानी नाका हुँदै चीनतर्फ आवागमन गर्न सिन्धुपाल्चोकको जुरे सडक प्रयोग गर्नुपर्ने भएपनि सोही सडक नै अवरुद्ध भएको छ।
पहिरो र बाढीले गर्दा अहिले मनाङको तिमाङ खेला, धारापानी, बगरछाप तथा लमजङुको रामबजार र अर्खलेमा अवरुद्ध भएको सडक सरकारले अझै खुलाउन नसकेको हो ।
चीनसँगको सीमा केरुङसम्म पुग्ने रसुवागडी सडक पनि असारको १ गते देखि नै अवरुद्ध छ। सडक विभागले तयार पारेको विवरणमा उल्लेख भए अनुसार रसुवा स्थीत त्रिशुली खोला, पहिरोले गाँजबारीमा सडक आवातजावातमा गर्न सक्ने अवस्था रहेको छैन। इञ्जिनियरका अनुसार रसुवाको मैलुङबाट तीन किलोमिटर माथि पर्ने घुम्फेदमा सडक नै ढाक्नेगरी ठूलाठूला चट्टान आएर बसेकाले हटाउन नसकिएको र चट्टान हटाउन विस्फोट नै गर्नुपर्ने देखिएकाले आवश्यक प्रबन्ध भइरहेको छ।
सडक विभागको तथ्यांक अनुसार भदौ २४ गते देखि बझाङस्थित खोड्पे–चैनपुर सडक पनि अवरुद्ध रहेको छ। सडकको छेउपट्टीको भाग भासिएकाले सडक खुलाउन प्रयास भईरहेको छ।
देशकै जीवनरेखा मानिने पूर्व–पश्चिम ९ महेन्द्र राजमार्गका एक दर्जनभन्दा बढी ठाउँमा अहिले सडक एकतर्फी संचालनमा रहेको छ, यस्तो कारणले गर्दा यात्रु तथा सवारी चालक दुवैलाइ समस्या भएको छ।
अहिले देशका विभिन्न ठाउँका सडकमा कुनै न कुनै प्रकारको समस्याले गर्दा सडक अवरुद्ध नै भइरहेको छ। यी सडकमा आएका समस्या हटाउने प्रयास भइरहेको भएतापनि कतिपय सडकहरु हाल खुलाउन नसकिने सडक विभागले जनाएको छ।