गुल्मी। गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे भएको छ । सडक बिस्तार भएको डेढ दशकपछि रेसुङ्गा क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे भएको हो।
रेसुङ्गा क्षेत्र पर्यटकीय हिसाबले भरिपूर्ण भएपनि सडक कालोपत्रे नहुँदा त्यस क्षेत्रसम्म पुग्न निकै सास्ती थियो । तर अहिले सडक कालोपत्रे भएसँगै रेसुङ्गा पुग्न सहज भएको छ ।
जिल्ला सदरमुकाम तम्घासबाट २० मिनेट गाडीको यात्रा पछि रेसुङ्गा क्षेत्रको पोखरीमा पुगिन्छ । त्यसपछि पुनः २० मिनेट पैदल मार्ग पछि रेसुङ्गा क्षेत्रको मुख्य स्थल यज्ञशाला पुगिन्छ ।
यहाँ विभिन्न मठ मन्दिरहरु रहेका छन् । यस क्षेत्रसम्म पुग्न पैदल मार्ग २ वर्ष पहिले नै निर्माण भएको थियो । तर सडक कालोपत्रे नहुँदा वर्षातको समयमा रेसुङ्गा पुग्न निकै कठिन यात्रा गर्नुपर्ने थियो । अहिले रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे भएको छ ।
सडक कालोपत्रे भएपछि रेसुङ्गा पुग्न सहज भएको छ । रेसुङ्गासम्म पुग्ने सडक कालोपत्रे हुँदा पराल्मी, जुभुङ्ग र बलिथुमसम्म पुग्नेहरुका लागि पनि सजिलो भएको छ ।
प्राकृतिक बिनास हुनेभन्दै त्यसक्षेत्रमा सडक बिस्तार गर्न धेरै छलफल पछि मात्रै सडक बिस्तार भएको हो । अहिले पनि रेसुङ्गा क्षेत्रको पोखरीबाट यज्ञशालासम्म पैदल हिडेर पुग्नु पर्छ । जहाँ पुग्न बृद्धबृद्धाहरुलाई अलि गाह्रो पर्ने गर्दछ । तम्घासदेखि रेसुङ्गा क्षेत्रसम्म ६ किलो मिटर सडकमध्ये अहिले ९० प्रतिशत सडक कालोपत्रे भएको छ ।
कालोपत्रे गर्न बाँकी रहेको केहि सडक एक दुई महिना भित्रमै कालोपत्रे गर्ने तयारी रहेको छ । सडक कालोपत्रे गर्न आशिष रामेछाप कन्टक्शन प्रालिले ०७४ सालदेखि काम गर्दै आएको छ ।