काठमाडौं। भदौ २९ गते शुक्रबारदेखि असोज १ गते सोमबारसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्यका लागि विद्युत सेवा प्रभावित हुने जनाएको हो।
महाशाखाका अनुसार भदौ २९ गते शुक्रबार बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म ६६ केभी स्युचाटार टेकु प्रसारण लाइन सटडाउन हुनेछ। कुलेश्वर वितरण केन्द्र अन्तर्गत रहेको रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड भैसेँपाटी र टेकु सबस्टेसन अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ। यस्तै, रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहर प्रभावित हुने र पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने जनाइएको छ।
यस्तै, भदौ ३० गते शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार पाटन प्रसारण लाइन सटडाउन हुनेछ। यस अन्तर्गत पर्ने पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्रमा पर्ने फिडरहर प्रभावित हुने र विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।
भदौ ३० गते शनिबार नै दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म स्युचाटार के३ प्रसारण लाइन अन्तर्गतका क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुनेछ। सो दिन कुलेश्वर वितरण केन्द्र अन्तर्गत रहेको रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङ रोड भैसेँपाटी, टेकु सबस्टेसन, के३ सबस्टेसन अन्तर्गतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ। यस्तै, रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहर प्रभावित हुने र पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने जनाइएको छ।