काठमाडौं। महालक्ष्मी विकास बैंकले विभिन्न होटल, रेष्टुरेन्ट र स्वास्थ्य संस्थासँग व्यवसायिक सम्झौता गरेको छ। यो सम्झौताले बैंकका ग्राहकले ती कम्पनीमा आकर्षक छुट पाउनेछन्।
बैंकले डेविट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत भएको कारोबारमा छुट दिने जनाएको छ। बैंकका अनुसार कोटेश्वरमा रहेको सूर्य जनसेवा हेल्थकेयरको प्रयोगशाला परीक्षणमा २० प्रतिशत, अल्ट्रा साउण्ड, एक्स रे, इको, इन्डोस्कोपी, जनरल वार्ड, क्याविन र ओपिडीमा १५ प्रतिशत छुट हुनेछ।
सूर्यपूरामा रहेको सूर्यपूरा पोलिक्लिनिकमा ल्याब, एक्स रे, भिडियो एक्सरे, ईसीजी र बेड शुल्कमा १० प्रतिशत, औषधिमा ५ प्रतिशत र ओपीडी निशुल्क हुने बैंकले जनाएको छ।
बैंकका अनुसार न्यूरोडमा रहेको कर्नर प्वाइन्ट रेष्टुरेन्ट एण्ड बारमा सबै खाना र वेभरेजमा १० प्रतिशत, न्यूरोडमै रहेको ई रिभल्विङ इन्डियन कुजिन रेष्टुरेन्टमा १० प्रतिशत र इटहरीमा रहेको गंगा जमुना युनिसेक्स सैलुनले दिने सबै प्रकारका सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।