काठमाडौं। नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको तयारी यति बेला तीव्र गतिमा भइरहेको छ।
इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ। हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह इफाप्का अध्यक्षको भूमिकामा छन्।
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न उपसमितिहरुमार्फत सम्मेलनको अन्तिम तयारी गरिरहेको छ। इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुर लगायतका १८ देश आबद्ध छन्। गत वर्ष ४५ औं सम्मेलन माल्दिभ्समा भएको थियो।
इफाप्का सम्मेलनको कार्यतालिका:
सम्मेलनको दौरानमा हुने तयारीमध्ये इफाप्काको नियम अनुसार सबै कार्यक्रमहरुको मापदण्ड तोके बमोजिम गर्नुपर्ने हुन्छ। सम्मेलन पाँच दिनसम्म चल्ने छ, यसको विस्तृत विवरण यसप्रकार छ:
–शुन्य दिन: यो दिनमा डेलिगेट्सहरुको आगमन हुनेछ। सोही दिन रजिष्ट्रेशन कार्य पनि हुनेछ। सबै आउने डेलिगेट्सहरुलाई एयरपोर्टमा स्वागत गरिने छ।
–पहिलो दिन: सम्मेलनको पहिलो दिनमा डेलिगेट्स अराइभल, रजिष्ट्रेशन कार्य हुनेछ। त्यस्तै फाइनान्स कमिटी बैठक, इफाप्का पहिलो बोर्ड बैठक, प्रेसिडियेन्सल डिनर कार्यक्रम आयोजना गरिनेछ।
–दोस्रो दिन: सम्मेलनको दोस्रो दिनमा डेलिगेट्स अराइभल, रजिष्ट्रेशन कार्य गर्ने, कार्यक्रमको समउद्घाटन राष्ट्र प्रमुख वा सरकार प्रमुखबाट हुनेछ। पहिलो जनरल एसेम्बली र विभिन्न पाँच वटा कमिटिहरुको बैठक हुनेछ। स्पाउस टुर हेरिटेज वा प्रमुख स्थानमा हुनेछ। सोही दिन लन्च भेनु होटलमा हुने र र बेलुका रिसप्सन डिनरको आयोजना गरिनेछ।
–तेस्रो दिन: सम्मेलनको तेस्रो दिनमा फोरम सहितको टेक्निकल सेसन हुनेछ। डेलिगेट्स टुरको व्यवस्था चन्द्रागिरी वा अन्य प्रसिद्ध स्थानमा गरिनेछ।
–चौंथो दिन: सम्मेलनको चौंथो दिनमा भेनु होटलमा विहान दोस्रो जनरल एसेम्बली हुनेछ। नयाँ कार्य समितिको चयन भइ नयाँ अध्यक्ष लगायतको सपथ ग्रहण र सिंगापुरलाई अध्यक्षता हस्तान्तरण हुनेछ। अपरान्ह नयाँ इफाप्का बोर्ड बैठक हुनेछ। बेलुका प्रसिद्ध होटेलमा फेरवेल डिनर सहितको सबै देशका सदस्य संघहरुले आफ्नो देशको संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।
–पाँचौं दिन: सम्मेलनको पाँचौ दिनमा सबै डेलिगेट्सहरुलाई विदाइ गर्ने कार्यक्रम रहेको छ।